सानोमा आवाज घाँडो

writer

सम्पूर्ण

शनिबार, १३ असार २०७७


स्कारलेट जोहान्सन हाल हलिउडका उत्कृष्ट १० अभिनेत्रीभित्र पर्छिन् । सुपरहिरो फिल्मदेखि ‘म्यारिज स्टोरी’ जस्तो इमोसनल फिल्मसम्ममा उनी सुहाउँछिन् । उनको अभिनयलाई उनको आवाजले पनि सघाउने गरेको छ । तर, कुनै जमानामा मानिसहरू उनको यही आवाज सुनेर उनलाई काम दिन हच्किन्थे । उनले ‘क्याडिस’ म्यागजिनसँग कुरा गर्दै बाल्यकालमा आफूले आवाजकै कारण संघर्ष गर्नुपरेको खुलासा गरेकी हुन् । 

‘सानोमा मैले गायन प्रशिक्षण लिएकी थिएँ, किनकि म सांगीतिक नाटक गर्न चाहन्थेँ,’ उनले भनिन्, ‘तर, मेरो मोटो आवाज सुनेर कोही पनि मलाई काम दिन तयार हुँदैनथे । त्यसपछि म अभिनयतिर लागेँ ।’ स्कारलेट अभिनीत सुपरहिरो फिल्म ‘ब्ल्याक विडो’ रिलिज हुने क्रममा छ । 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट