डिभोर्सको असली कारण

writer

सम्पूर्ण

शनिबार, १३ असार २०७७


त्यसो त हलिउडमा विवाह तोड्न सेलिब्रिटीलाई ठूलो कारण चाहिँदैन । अघिल्लो दिन बिहे गरेर भोलिपल्टै पनि डिभोर्स गर्छन् । तर, केही वर्षपहिले ब्राड पिट र एन्जेलिना जोलीको डिभोर्स हुँदा भने सारा संसार स्तब्ध थियो । ब्राड र एन्जेलिनाले १४ वर्ष सँगै बिताएपछि अलग हुने निर्णय गरेका थिए । यसमा पनि १२ वर्ष उनीहरू लिभिङ टुगेदरमा थिए भने दुई वर्ष वैवाहिक जीवन बिताएका थिए । तर, यसरी डिभोर्स भएको चार वर्षपछि एन्जेलिनाले पहिलो पल्ट ब्राडसँग छुट्टिनुपर्नाको कारण खुलाएकी छिन् ।

उनले ‘भोग’ म्यागजिनसँग कुरा गर्दै परिवारको भलाइका लागि ब्राडलाई छाडेको बताएकी छिन् । ‘परिवारको हितका लागि मैले यो निर्णय लिएकी हुँ,’ उनले ‘भोग’सँग भनिन्, ‘म उनीहरूको हुर्काइमा समर्पित हुन चाहन्थेँ । सँगै रहँदा परिवार परिवारजस्तो रहने अवस्था थिएन ।’ 

जोलीले परिवारका लागि ब्राडसँग छुट्टिएको बताए पनि ब्राड रहँदा परिवारलाई के संकट थियो भन्ने कुरा चाहिँ बताएकी छैनन् । चार वर्षपछि बल्ल बोलिन्, त्यो पनि अपूरो र अधुरो !

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट