भड्किलो फेसन र यौन हिंसा

writer

डा. सुमनराज ताम्राकार

शुक्रबार, १२ असार २०७७


यौन हिंसामा भड्किलो फेसन वा पहिरनको भूमिका कति हुन्छ वा हुँदैन भन्ने विषयमा हालसम्म विवाद कायमै छ। यसबारे धेरै खोजीनितीर अध्ययन भएका छन्, भइरहेका छन्। सन् २०१० देखि २०१७ को बीचमा २५ सय हाराहारीमा यसै विषयमा जर्नल लेख प्रकाशनमा आए। यी लेखका निष्कर्ष पक्ष र विपक्षमा थिए। 

गर्मीयाममा कतिपय किशोरीले लगाउने गरेको पहिरन हाम्रोजस्तो समाजका लागि जिब्रो टोक्नुपर्ने खालको हुन्छ। आपूm हुर्केबढेको समाज यौनका हिसाबले कति उदार छ, त्यसमा पनि धेरै कुरा निर्भर हुन्छ। कतिपय विदेशी युवतीले उनीहरूका लागि सहज लाग्ने पहिरन लगाएर आउँदा नेपालजस्तो यौनको मामिलामा अनुदार समाजमा हुर्केबढेका मान्छेले घुरेर हेर्नु अनौठो होइन। यसरी किशोरी वा महिलाले लगाउने पहिरन र यौन हिंसाको पक्ष र विपक्षमा धारणा राख्ने हुन्छन्। 

कतिपयको धारणा के छ भने छोटा लुगा लगाउनु महिलाको रुचि र छनोटको कुरा हो। छोटो लुगाले यौन दुव्र्यवहार र हिंसा बढाउँछ भन्नु उनीहरूका मतमा यस विषयलाई सही ढंगले नबुझ्नु हो। महिलामाथि हुने यौनहिंसा मूलतः युगौँदेखि पितृसत्ताले हुर्काएको सोचको प्रकटीकरण मात्र हो भन्ने एकथरीको तर्क छ। अर्काथरी ‘छोटो लुगा’कै कारण यौनहिंसा बढेको मान्छन्। 

कुनै समय बाह्य वातावरणको प्रतिकूल अवस्थाबाट बचाउन कपडाको प्रयोग हुन थालेकोमा समय क्रमसँगै यौनिक दृष्टिकोणले पनियसकोमहŒव हुन थाल्यो। सुरुमा लाज बचाउन, यौनांग छोप्न पोशाक लगाउन थालेपनि समयसापेक्ष तवरमा व्यापक मात्रामा परिमार्जन तथा परिवर्तन हुँदै आएको छ।

त्यसो त लुगा अथवा पहिरन शरीर ढाक्ने उद्देश्यले व्यवहारमा ल्याइएको थियो। तर, समयक्रममा शरीर ढाक्ने वा शरीर देखाउने (रिभिलिङ ड्रेस) मा प्रस्ट छुट्टिने गरी लगाउन थालियो। स्विमसुट, निकै छोटा लुगा, पारदर्शी लुगा, टाइट प्यान्ट, टाइट स्कर्ट वा स्तनबीचका क्लिभेज (गल्छी) वा साइडबाट स्तनै देखिने लुगालाई रिभिलिङ ड्रेसका रूपमा लिइयो। विशेषतः स्तन, नितम्ब र जननेन्द्रिय माथिका पहिरनलाई बढी चासो दिइयो।

सन् १९८० को दशकमा रिभिलिङ ड्रेस लगाउने महिला वा किशोरीलाई सेक्सी, यौनिक आकर्षण पैदा गर्ने, यौन उत्तेजना बढाउने तथा क्षणिक यौन सम्बन्ध राख्न चाहने व्यक्तिका साथै कम भलाद्मी र आज्ञाकारीका रूपमा अथ्र्याइयो। सन् १९९० को दशकयता रिभिलिङ ड्रेस र यौनिक हिंसाबीचको सम्बन्धमाथि धेरै अनुसन्धान गरिए। रिभिलिङ ड्रेस लगाउने व्यक्ति यौन हिंसामा पर्न सक्ने, बेइज्जती खेप्नुपर्ने र  आपैmँलाई जोखिममा पार्ने निष्कर्ष निकालियो।सन् १९९८ मा जेन वर्कम्यान र एलिजाबेथ फ्रिबर्गले बलात्कारको परिदृश्यसँगै बलात्कारमा परेकी युवतीले छोटो, मध्यम तथा लामो स्कर्ट लगाएको छुट्टाछुट्टै फोटो देखाउँदा अध्ययनमा समाविष्ट महिला र पुरुष दुवैले छोटा स्कर्टलाई दोषी ठह¥याए।

एक्काइसौँ शताब्दीको सुरुदेखि पनि रिभिलिङ ड्रेससँग यौनिक हिंसाको सम्बन्धमै अध्ययन जारी राखिए। सन् २०१० मा महिलाले लगाएको रिभिलिङ ड्रेसलाई पुरुषले कसरी लिन्छन् र महिला आपैmँले त्यस्ता ड्रेस लगाउन कसरी उत्प्रेरणा पाउँछन् भन्ने विषयमा अध्ययन गरिएको थियो। इजरायलमा मनोपरामर्शकर्ता एभिगेल मुरले गरेको सो अध्ययनमा महिलाले त्यस्तो ड्रेसको स्टाइल पन परेको वा आकर्षक देखिन चाहेको कारण लगाएको जवाफ पाइयो। कतिपयले त जानाजानी पुरुषलाई उत्तेजित पार्न, कसैले घुरेर हेरोस् वा स्पर्श गरोस् भन्ने सम्मका आशयले समेत रिभिलिङ ड्रेस लगाएको जवाफ पनि दिए। धेरैजसो पुरुषले भने यौन गतिविधि गर्न उक्साउने हेतुले त्यस्तो पहिरन लगाउने गरेको धारणा राखियो।

सामाजिक मनोपरामर्शकर्ता निकोलस ग्युजेनलेसन् २०११ मा महिलाको रिभिलिङ ड्रेसमाथि पुरुषले निकाल्ने निचोड र व्यवहारसम्बन्धी अध्ययन गरेका थिए। अध्ययनमा एक जना रिभिलिङ ड्रेस र एक जना लामो लुगा लगाएकी महिलालाई बारमा पठाई पुरुषले कति छिटो निकट हुने प्रयत्न गर्छन्, बुझ्न खोजिएको थियो। ती महिला बारबाट निक्लिनेबित्तिकै निकट हुन चाहने पुरुषलाई केही प्रश्न गरियो। रिभिलिङ ड्रेस लगाउने महिलालाई हिमचिम बढाउन समय छोटो लाग्ने पाइयो।  

शरीर ढाकिएको महिलाभन्दा अर्धनग्न महिला वा किशोरीसँग डेट जाने वा यौनिक सम्बन्ध कायम राख्न सक्ने सम्भावना बढी रहेको जवाफ पाइयो। त्यसैगरी, २०१६ मा ड्रेस अनुसन्धानकर्ताहरू किम जोन्सन, हेवोन जु र जुआन वूले कलेजका विद्यार्थीहरूसँग गरेको अध्ययनमा यौन हिंसा र रिभिलिङ ड्रेसबीच बलियो सम्बन्ध रहेको पाइयो। जतिसुकै उदार समाजमा पनि महिलाको पहिरनलाई लिएर टीकाटिप्पणी हुने वा अनुदार हुने प्रवृत्ति पाइन्छ। 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट