खेलाडीको तलबमा कैँची

सम्पूर्ण
शुक्रबार, १२ असार २०७७
कोरोना महामारीबाट विश्व खेलकुद नराम्ररी प्रभावित भएको छ । विश्वभरिको खेलकुद ठप्प छ । पछिल्ला केही साता युरोपका केही ठूला घरेलु लिग दर्शकबिनाको रंगशालामा सुरु भए पनि अधिकांश खेल भने ठप्प अवस्थामा छन् । कोरोनाले खेलकुद गतिविधिमा मात्र होइन, खेलाडीको आम्दानीमा पनि असर गरेको छ । व्यावसायिक फुटबलको हब मानिएको युुरोपका ठूला क्लबले धमाधम खेलाडीको तलब र सुुविधा कटौती गरिरहेका छन् ।
इटालियन क्लब युुभेन्टसले खेलाडीको चार महिनाको तलब कटौती गरेको थियो । उसले खेलाडीको सहमतिमा यसो गरेको हो । क्लबले मार्च, अप्रिल, मे र जुुन महिनाको तलब काटेको थियो । खेलाडी र प्रशिक्षकले चार महिनाको तलब छाड्दा युुभेन्टसलाई ९० मिलियन युुरो राहत मिल्नेछ । युुभेन्टसमा चार महिनाको तलब छाड्दा क्रिस्टियानो रोनाल्डो एक्लैले झण्डै एक करोड युुरो गुुमाएका थिए ।
त्यसै गरी, स्पेनिस क्लब एथ्लेटिको मड्रिड, जर्मन क्लब बायर्न म्युुनिख र बोरुसिया डर्टमुन्डले पनि खेलाडीको तलबमा २० प्रतिशत कटौती गर्ने निर्णय गरेका थिए ।
स्पेनिस पावरहाउस बार्सिलोनाले कोरोना भाइरसका कारण क्लब ठूलो आर्थिक संकटमा पर्ने अवस्था आएको भन्दै खेलाडीको तलबमा ७० प्रतिशतसम्म कटौती गर्ने निर्णय गरेको थियो । क्लबको निर्णयलाई सुरुमा बढी पारिश्रमिक पाउने खेलाडीले सहमति जनाए पनि पछि सबै खेलाडी तलब कटौतीप्रति सहमत देखिएका थिए ।
खेलाडीले क्लबको आर्थिक संकटलाई मध्यनजर गरी आफूहरूले सहयोग गरेको घोषणा गरेका थिए । बार्सिलोना सबैभन्दा बढी प्रतिशत खेलाडीको तलब कटौती गर्ने क्लब पनि बन्यो । अन्य क्लबले बार्सिलोनाले जति तलब कटौती अहिलेसम्म गरेका छैनन् ।
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७