खेलाडी भित्र्याउन हच्कियो रियल

सम्पूर्ण
शुक्रबार, १२ असार २०७७
कोरोना भाइरसको कहर र आर्थिक संकटका कारण स्पेनिस क्लब रियल मड्रिडले यस पटक नयाँ खेलाडी अनुबन्ध गर्न सकेन । बर्सेनि स्टार खेलाडी अनुबन्ध गर्ने होडमा अगाडि रहने रियल यस पटक आर्थिक संकटका कारण हच्किएको हो । उसले समर ट्रान्सफर विन्डोमा नयाँ खेलाडी अनुबन्ध नगर्ने घोषणा गरिसकेको छ ।
कोरोना भाइरस महामारीले क्लबमा आइपरेको आर्थिक संकटका कारण रियल खेलाडी अनुबन्धमा हच्किएको हो । यसअघि उसले इंग्लिस प्रिमियर लिग क्लबका पउल पोग्वा, फ्रान्स एवं पेरिस सेन्ट जर्मन (पीएसजी) का युवा स्टार केलियन एमबाप्पे, जर्मन क्लब बोरुसिया डर्टमुन्डका अर्लिङ हालान्डलगायत खेलाडी अनुबन्ध गर्न लागेको चर्चा चलेको थियो । तर, क्लबले आर्थिक समस्याका कारण खेलाडी अनुबन्ध नगर्ने निर्णय गरेको हो ।
रियलमा अझै धेरै स्टार खेलाडी छन् । सकभर रियल भएका खेलाडीलाई साटफेर गर्न वा अर्काे क्लबमा पठाउन चाहन्छ । रियलका एक दर्जनभन्दा बढी खेलाडी अहिले पनि युरोपका विभिन्न क्लबबाट ऋणमा खेलिरहेका छन् । त्यसैले क्लब उनीहरूलाई अन्य क्लबमा पठाएपछि मात्र नयाँ खेलाडी भिœयाउने सोचमा छ । क्लबलले गारेथ बेल, जेम्स रोड्रिग्वेज, लुकास भाजक्वेज, नाचो फर्नान्डेज, मारियानो डियाजलगायत खेलाडीलाई बाहिर पठाउन खोजिरहेको छ ।
कोरोनाले निम्त्याएको आर्थिक संकट टार्न रियलले यसअघि नै आफ्ना खेलाडीको तलबमा १० देखि २० प्रतिशतसम्म कटौती गर्ने निर्णय गरेको थियो । उसको मुख्य आम्दानीको स्रोत भनेको प्रायोजक र दर्शकको गेट मनी हो । ला लिगाका खेल बन्द (दर्शकबिना) रंगशालामा हुँदा रियलजस्ता क्लबलाई आर्थिक रूपले ठूलो क्षति पुग्नेछ । रियलले दर्शकसहितको रंगशालामा खेल्दा प्रतिवर्ष टिकट बिक्रीबाट १५ करोड युरोसम्म कमाउने गर्दथ्यो ।
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७