ओझेलमा ट्रान्सफर बजार

writer

सम्पूर्ण

शुक्रबार, १२ असार २०७७


फुटबलको मुख्य हिस्सेदार युरोपलाई कोरोना भाइरसले नराम्रोसँग गाँजेपछि फुटबल खेलाडीको ट्रान्सफर बजार ओझेलमा परेको छ । पहिलाजस्तो खेलाडीको समर ट्र«ान्सफर बजार पनि तात्न नसक्ने फुटबल पण्डितहरूले अड्कलबाजी गरिरहेका छन् । 

खेलाडीको ट्रान्सफर बजारमा नराम्रो असर पर्ने देखिएको छ । नयाँ क्लबमा राम्रो अफरसहित जान लालायित खेलाडीलाई पनि झट्का लाग्ने देखिएको छ । थुप्रै स्टार खेलाडीलाई क्लबहरूले महँगो मूल्यमा ट्रान्सफर गर्न खोजेपछि खेलाडी भिœयाउन खोज्ने क्लबहरू हच्किएका छन् । 

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले ब्राजिलका स्टार नेमारलाई ट्रान्सफर गर्न मूल्यसमेत तोक्यो । उनलाई अनुबन्ध गर्न पूर्वक्लब बार्सिलोना तयार देखिएको थियो । पीएसजीमा जम्न नसकेका नेमार एक वर्षअघि नै बार्सिलोना फर्कने हल्ला चलेको थियो । तर, पीएसजीले नेमारको मूल्य १८ करोड ६० लाख पाउन्ड तोकेपछि बार्सिलोना हच्कियो । सन् २०१७ मा २२ करोड २० लाख पाउन्डमा बार्सिलोनाबाटै पीएसजी गएका उनलाई लिन अरू क्लबले चासो नदिएपछि उनी पीएसजीमै बस्न बाध्य हुने देखिएको छ ।
  
जर्मन क्लब बोरुसिया डर्टमुन्डका युवा खेलाडी जाडोन सान्चोले भने ट्र«ान्सफर बजारमा छुट्टै चर्चा बटुलेका छन् । २० वर्षीय विंगर सान्चोलाई ट्रान्सफर गर्न डर्टमुन्ड तयार भएपछि उनलाई अनुबन्ध गर्ने होडमा युरोपका ठूला क्लब लागेका छन् । बार्सिलोना, प्रिमियर लिग टोली लिभरपुल, म्यानचेस्टर युनाइटेड र चेल्सीसँगै इटालियन टोली युभेन्टससमेत उनीप्रति लालायित देखिएका छन् । डर्टमुन्डले इंग्ल्यान्डका स्टार सान्चोको मूल्य ११ करोड पाउन्ड तोकेको छ । सान्चोबाहेक अरू खेलाडीलाई लिन धेरै क्लबले चासो नदेखाउँदा यस पटकको ट्रान्सफर बजार ओझेलमा पर्ने देखिएको छ । क्लबहरू नै टाट पल्टिने अवस्थामा पुगेकाले महँगो मूल्य तिरेर खेलाडी भिœयाउन नसक्ने भएपछि ट्रान्सफर सिजनमा आकर्षक मूल्यको अपेक्षा गरेका खेलाडी निराश भएका छन् ।
 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि