उपत्यका प्रवेशमा थप कडाइ

writer

सुमित सुवेदी

बिहिबार, ११ असार २०७७


पछिल्लो प्रावधानअनुसार उपत्यकाबाहिरका नागरिकले उपत्यका छिर्नका लागि  उपत्यकामा बस्ने स्थानको स्थानीय तहबाट सिफारिस लिनुपर्छ। उक्त सिफारिसका आधारमा आफ्नो जिल्लाको जिल्ला प्रशासन कार्यालयमा पासका लागि निवेदन दिन सकिन्छ। 


कोरोना भाइरसको संक्रमण बढेसँगै उपत्यका प्रवेशमा थप कडाइ गरिएको छ। भयावह रूपमा कोरोना फैलनसक्ने अवस्थालाई मध्यनजर गरेर थप कडाइ गरिएको महानगरीयट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए। ‘अहिले अत्यावश्यकीय सेवाबाहेकका सवारी साधनलाई उपत्यका प्रवेश गर्न पास अवश्यक पर्छ,’ एसएसपी ढकालले भने, ‘पास नभएका कुनै पनि साधनलाई उपत्यका प्रवेशमा रोक लगाइएको छ।’ 

पछिल्लो प्रावधानअनुसार उपत्यकाबाहिरका नागरिकले उपत्यका छिर्नका लागि  उपत्यकामा बस्ने स्थानको स्थानीय तहबाट सिफारिस लिनुपर्छ। उक्त सिफारिसका आधारमा आफ्नो जिल्लाको जिल्ला प्रशासन कार्यालयमा पासका लागि निवेदन दिन सकिन्छ। निवेदनका आधारमा जिल्ला प्रशासन कार्यालयले गृहमन्त्रालयसँग पास दिने÷नदिनेबारे अनुमति माग्छ र अनुमति आएपछि मात्र पास जारी हुन्छ। 

यसरी पास लिएर आउने सवारी साधनको संख्या पनि पछिल्लो समयमा बढ्न थालेको ढकालले बताए। ‘दैनिक १६ देखि १७ सय सवारी काठमाडौँ भित्रिने गरेका छन्,’ उनले भने ‘जसमा सुरक्षा, स्वास्थ्य, खाद्यान्न, खानेपानी, औषधि, ग्यास, इन्धन, फलफूल, तरकारीलगायत अत्यावश्यकीय सामग्री बोकेर ११ देखि १२ सयको हाराहारीमा भित्रिने गरेका छन् भने तीनचार सय सवारी पास बनाएर आउँछन्।’ त्यसबाहेक अन्य सवारी साधनलाई उपत्यका प्रवेशमा रोक लगाइको छ। पासबिनै काठमाडौँ छिर्न खोज्ने सवारी साधनहरू नाकाबाटै फर्काइने गरिएको ढकालले बताए। ‘विभिन्न बहानामा पासबिना उपत्यका छिर्न खोज्ने सवारीहरू पनि आउने गरेका छन्,’ उनले भने, ‘ दैनिक डेढ÷दुई सयको हाराहारीमा त्यस्ता सवारी साधनलाई नाकाबाटै फर्काइदिने गरेका छौँ।’

केही दिनयता उपत्यकामा लकडाउनकेही खुकुलो बनाइएको छ। जनजीवन सामान्य बनाउन लकडाउनलाई खुकुलो पारिएको एसएसपीढकालले बताए। भित्र खुकुलो बनाए पनि नाकाहरूमा भने विशेष कडाइ गरिएको छ। 

उपत्यकाभित्र चल्ले सवारी साधनमा जोर÷बिजोर प्रणाली लागू भइरहेको छ। जोर गतेमा जोर नम्बरका सवारी चल्न पाउँछन् भने बिजोर दिनमा बिजोर नम्बर प्लेट भएका निजी सवारीलाई चल्न दिइएको छ। मोटरसाइकलमा एक जनाभन्दा बढी चढ्न दिइएको छैन। चारपांग्रे सवारीमा पनि सामाजिक दूरी कायम गरेर यात्रा गर्नुपर्नेछ। 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि