स्क्रिनबाट आँखा बचाउन

writer

सम्पूर्ण

शुक्रबार, ०५ असार २०७७


अहिले लकडाउनमा धेरैजसो कर्मचारीले घरबाटै अफिसको काम गरिरहेका छन्। विद्यार्थी अनलाइन पढिरहेका छन्। कम्प्युटर, ल्यापटप, मोबाइल आदिको स्क्रिन हेर्दै घण्टौँ बिताउँदा आँखाको स्वास्थ्यमा असर परिरहेको हुन्छ। आँखा सुक्खा हुने, पानी बग्ने, रातो हुनेलगायत विभिन्न समस्या देखिन सक्छन्। डिजिटल स्क्रिनबाट आँखा सुरक्षित राख्न केही उपाय अपनाउन सकिन्छ।


  • ल्यापटप वा मोबाइलमा काम गर्दा हाम्रो पूरै ध्यान त्यसमा हुन्छ। त्यसकारण हामी परेली झिम्काउन बिर्सन्छौँ। यसले आँखामा असर गर्छ। त्यसैले छिटो–छिटो परेली झिम्काइराख्नुपर्छ।
  • कतिपयले स्क्रिनको ब्राइटनेस बढाएका हुन्छन्। यसले आँखाको स्वास्थ्यमा एकदमै हानि पु¥याउँछ। ब्राइटनेस बढी हुँदा आँखा दुख्ने, जलन र रातो हुने समस्या देखिन्छन्। आँखा सुरक्षित राख्न स्क्रिनको ब्राइटनेस कम गर्नुपर्छ। डिसप्लेलाई पावर सेभिङ मोडमा राख्दा आँखालाई कम नोक्सानी हुन्छ। साथै, ल्यापटपको ब्याट्री पनि लामो समय टिक्छ।
  • डिजिटल स्क्रिनमा लामो समय काम गर्नेले स्क्रिनबाट निस्कने रेडिएसनबाट बचाउने चस्मा लगाउनुपर्छ।
  • स्क्रिनअगाडि लगातार काम गर्नु हुँदैन। २०–२० मिनेटमा ब्रेक लिनुपर्छ। स्क्रिनबाट आँखा हटाएर यताउता हेर्नुपर्छ। आँखा बिस्तारै बन्द गर्नुपर्छ। यसो गर्दा आँखाले आराम पाउँछ।
  • चिसो पानीका छिटा आँखामा हाल्नुपर्छ। यसो गर्दा आँखाले शीतल महसुस गर्छ।
  • ल्याटप, मोबाइल, कम्प्युटरमा काम गर्नेका लागि मीठो निद्रा अतिआवश्यक छ। राम्रो निद्रा आँखाका स्वास्थ्यका लागि लाभकारी छ।
  • कामको बीच–बीचमा आँखाको व्यायाम गर्न सकिन्छ। त्यसका लागि पहिला दाहिने र पछि देव्रेतिर हेर्नुपर्छ। त्यसपछि एकचोटि माथि र एकचोटि तल हेर्नुपर्छ। आँखाको यो व्यायाम दिनमा कम्ती चार पटक गर्न सकिन्छ।
  • स्वस्थ आँखाका लागि आहारमा पनि ध्यान दिनुपर्छ। भोजनमा भिटामिन ए, भिटामिन सीलगायत भरपूर हुनुपर्छ। सुन्तला, पालुङो, हरियो धनियाँ, पुदिना, फर्सी, गाजर आदि साग–तरकारी आँखाको स्वास्थ्यका लागि राम्रा हुन्।
     

तपाईको कमेन्ट

मुख्य समाचार