न्युटनको तेस्रो नियम

writer

सम्पूर्ण

शुक्रबार, ०५ असार २०७७


मनीष झा
मासु–रक्सीको लोभमा पार्टीले भाडामा पठाएको बसको छतमा चढेर हल्ला गर्दै उखानटुक्का सुन्न जाने जमातहरू प्रायोजित र असभ्य हुन् कि असन्तुष्टि जनाउन स्वस्फुर्त उर्लिने नयाँ पुस्ता ?अभियोग लगाउन लाज लाग्दैन ?

टीसी घिमिरे
महामारीको बेलामा विरोध गर्नेहरू कोभिड–उल्लू हुन् । यो जीवन बचाउने समय हो । एकअर्कासँग लड्नुको कुनै अर्थ छैन । नेपालीले दिल्ली र मुम्बईमा फैलिएको कोरोना कहरबाट सिक्नुपर्छ । 



राजेन्द्र दाहाल 
उद्धार–उडानको भाडादर महँगो भयो, फेरि पनि महँगो भयो भनेर विरोध भएपछि दुई पटक घटिसकेछ ! हल्लाखल्ला भएपछि घटाउन मिल्ने गरी हिजो उच्च भाडादर तोक्ने र त्यसलाई सदर गर्नेहरू मुनाफाखेरी र कालोबजारी कानुनको दायरामा किन नपर्ने ?

फ्याटिय तत्त्व
अब नक्साकै बहानामा सात खुन माफ हुन्छ । जसरी आन्दोलनमा टाउको फुटाएको, जेलनेल भोगेको बहानामा कानुन नलाग्ने भएको छ । 



विमल आचार्य 
अतिक्रमित भूमि फिर्ता लिन्छौँः विष्णु पौडेल । 
भूमि लिने कामको नेतृत्व यहाँजस्ता अनुभवीले लिए बेस है ।

विदुर निरौला खत्री 
यस्तै रहेछ यहाँको अप–चलन । 


रामेश्वर बोहरा 
अब कालापानीबाट भारतीय सैनिकलाई ‘बहादुरीपूर्वक’ फिर्ता गराउने तागत हाम्रो कूटनीतिक कौशलमा हुनेछ । पपुलिजम होइन, हाम्रो क्षमताको खास परीक्षा अब हुँदै छ । जथाभावी बोल्न बन्द गरेर सम्पूर्ण ध्यान कूटनीतिक तयारीमा केन्द्रित गरौँ । 

डम्बर चेम्जोङ 
सीमा विषय र सम्बन्धित विज्ञता राष्ट्रिय स्वार्थ, अन्तर्राष्ट्रिय सम्बन्ध÷कूटनीति सम्बन्धित हो । तर, यो मामला नेपालमा राष्ट्रवादअन्तर्गत बुझ्ने गरिएको छ, जो उपनिवेशवाद कालमा सान्दर्भिक र प्रासंगिक थियो । अन्तर्राष्ट्रिय सीमाको कुरा राष्ट्रवाद भनेर बुझ्ने कुरा कम्तीमा ६०–७० वर्ष पुरानो हो । 


 

तपाईको कमेन्ट

मुख्य समाचार