दीपकको अल्पज्ञान

writer

सम्पूर्ण

शुक्रबार, २३ जेठ २०७७


नबोली बस्नै नसक्ने दीपकराज गिरीको बानी नै छ। जे विषयमा पनि उनलाई आफ्नो कुरा राख्न हतार भइहाल्छ। तर, दुर्भाग्य के छ भने उनले यसरी राख्ने गरेका विचार ज्यादाजसो समय आफैँमा विवादास्पद र उल्टापाल्टा हुन्छन्। 

सरकारले जारी गरेको बजेटमा आफ्नो बानीअनुसार उनले प्रतिक्रिया दिए। सरकारले यसपालिको बजेटमा मौलिक फिल्मलाई प्रवद्र्धन गर्ने भन्दै त्यसका लागि बजेट छुट्याएको घोषणा ग¥यो। यसलाई अधिकांश फिल्मकर्मीले राम्रो माने। तर, दीपकले भने अत्तो न पत्तोको स्ट्याटस राख्दै आधा घण्टामै दर्शक निदाउने फिल्मलाई मौलिक फिल्म मानेर पुरस्कृत गर्न बन्द गर्नुपर्ने धारणा राखे। उनको सुझाव छ–सरकारले ‘लोकप्रिय मौलिक’ फिल्मलाई पुरस्कार दिनुपर्छ। 

दीपकको समूहले बनाएका फिल्मले व्यापारको आयतन बढाएकोमा शंका छैन। उद्योगले सराहना पनि गरेकै छ। तर, दीपकलाई यतिले मात्र पुगेको छैन। भएभरका अवार्ड र सम्मान पनि चाहिएको छ। अझ चलचित्र विकास बोर्डले बाँड्ने राष्ट्रिय पुरस्कार नपाएको कुण्ठा त छँदैछ। अनि त उनले सुझ न बुझ मौलिक फिल्मकै विरुद्ध स्ट्याटस लेखे। थाहा नभएको विषयमा त नबोले हुने नि !

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट