मोदीकी फ्यान

writer

सम्पूर्ण

शुक्रबार, २३ जेठ २०७७


अभिनेत्री मनीषा कोइरालाको ट्वीट र वर्षा राउतको विवादले हिरोइनलाई सामाजिक सञ्जालमा सक्रिय हुने बहाना दियो। हरेकले मनीषाको ट्वीटमा समर्थन गर्दै देशभक्तिको कसम खाए। तर, यस विवादमा राम्ररी नै हात सेकिन्, नीता ढुंगानाले। लकडाउनको समय टिकटक र लाइभमा यत्तिकै बिताइरहेकी उनी यस प्रकरणमा बोल्न थालेपछि अचानक धेरैको नजरमा परिन्। युट्युब त छँदैछ, रेडियो र टेलिभिजनमा समेत उनी बेस्सरी सक्रिय भइन्। 

तर, उनको अन्तर्वार्ता ध्यान दिएर कसैले सुनेनन्। सुनेका भए र निहुँ नै खोज्ने हो भने उनले प्रशस्त खुराक दिएकी थिइन्। उनले एउटा टेलिभिजनमा गएर मोदीको फ्यान भएको बताइन् भने वर्षाले बोल्न नहुने कुरा बोलेको धारणा राखिन्। यतिखेर मोदीको गुणगान गाउनु, कसैले पनि रुचाउने कुरा थिएन। अनि, स्थिति साम्य बनाउन पहल गर्नुपर्नेमा उल्टै वर्षालाई दोषी भन्नु बुज्झकीले गर्ने काम थिएन। मिडियामा खास भाउ पाउन छाडेकी नीताले मौकामा राम्रै चौका हानिन्। 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट