न्युटनको तेस्रो नियम

writer

सम्पूर्ण

बिहिबार, २२ जेठ २०७७


रोहेज खतिवडा 
भेरी हत्याकाण्डको विषयमा कुनै तर्क, वितर्क, कुतर्क जरुरी छैन । यो सामूहिक हत्याकाण्ड हो । हत्या जघन्य अपराध हो । यसको जड जातीय विभेद हो । सम्पूर्ण अपराधीलाई कारबाही गर !

तुलसी घिमिरे
हत्या अपराध हो । यसको सजाय दोषीले पाउनैपर्छ, तर त्यो हत्या किन भयो ? जातीय विभेद ? किन एक जिल्लाबाट अर्काे जिल्लामा युवाहरूको समूह हूल बाँधेर गएका थिए ? सबै कुराको तथ्य पत्ता लगाएर कारबाही हुनुपर्छ । 


गगन थापा
संविधानमा, कानुनमा यो लेख्यौँ भनेर गर्व गरिरहँदा यथार्थमा भने ‘नवराज’हरूले मान्छे भएर बाँच्ने हकसमेत पाउन नसकेको देख्दा लज्जाबोध भएको छ । यस्तो अपराधको ढाकछोप गर्ने ‘सभ्य’हरू देखेर आक्रोशको आगो बलेको छ । 

दीपेन्द्र जी जंग बस्नेत
जबसम्म जातिको कोटा बाँडिरहिन्छ, यस्तै हुन्छ समाज ।


निशा राई
रुकुम, चौरजहारीमाजेठ १० गते जुन घटना भयो, यसको एउटै ध्येय सिंगो दलित समुदायलाई उनीहरूको औकात चिनाउने थियो । आइन्दा कुनै सानो जातले ठूलो जातकासँग प्रेम नगरोस् भन्ने डर देखाउने नरसंहार थियो यो । 

किशोर जी विश्वकर्मा
हिन्दी फिल्म ‘आर्टिकल १५’मा यस्तै देखेको थिएँ । ‘यस्तो चरम जातभात त नेपालमा छैन’ भन्ने सोचेको थिएँ, तर गलत रैछु । 


महावीर विश्वकर्मा 
बाउबाजे ‘विष्ट रिसाउलान्’ भनेर बोल्दैनथे, अहिले तिनका सन्तान–दरसन्तान ‘फ्यान (आधुनिक विष्ट) रिसाउलान्’ भनेर बोल्दैनन् । गरिखाऊ दलित सेलिब्रिटी ! तिमी हामीलाई नचाहिने मान्छे हो ।

देवेन्द्र उपरकोटी
एक जना सेलिब्रिटीले त यो जातीय मुद्दा होइन भन्न नि भ्याउनुभएछ । विष्टहरू भड्केलान् भन्ने काँ’सम्मको डर हुँदो रैछ मान्छेलाई। 


 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट