यौन जीवनमा निराशा र डिप्रेसनको असर

writer

डा. सुमनराज ताम्राकार

शुक्रबार, १६ जेठ २०७७


यौन जीवनमा निराशा र डिप्रेसनले के–के असर गर्छन् ? 
एन, भक्तपुर

विश्व स्वास्थ्य संगठनले सन् २०२० भित्र डिप्रेसन दोस्रो प्रमुख रोग बन्ने अनुमान गरेको थियो । विश्वव्यापी कोरोना महामारीका कारण डिप्रेसनका बिरामीको संख्यामा उल्लेख्य वृद्धि हुनेमा कुनै शंका छैन । मान्छेहरू करिब दुई महिनादेखि लकडाउनमा छन् । एकातिर हामी घरभित्रै बस्न बाध्य छौँ, अर्कातिर अधिकांश मानिसको रोजीरोटी खोसिएको छ । यसैकारण पनि कतिपय मानिस गाउँ फर्किएका छन् । अप्रत्याशित फुर्सदका कारण यौन गतिविधिमा संलग्नता बढ्न सक्छ । तर, कोरोना संक्रमणलाई लिएर मानसिक त्रास, आयआर्जनको समस्या अनि घरभित्रै बच्चाबच्ची एवं अग्रजको उपस्थितिका कारण यौन क्रियाकलापमा समय दिनु अव्यावहारिक हुन सक्छ ।
यौन क्रियाकलापको लागि यौन चाहना हुनु आवश्यक छ । मानव यौन चाहनालाई जैविक, सामाजिक वा मानसिक तŒवले प्रभाव पारेको हुन्छ । यौन कार्य शारीरिकजस्तो देखिए पनि यसमा मानसिक पक्षको उत्तिकै भूमिका छ । 

यौन चाहना हुँदैमा यौन सम्बन्ध कायम गर्ने वातावरण अनुकूल नहुन सक्छ । कतिपय बेला व्यक्तिगत, नैतिक, धार्मिकलगायत मूल्य–मान्यताका कारण यौन चाहना दबाउनुपर्ने अवस्था हुन सक्छ । सामाजिक तŒवमा व्यक्ति विशेषको काम, परिवार र कतिपय आन्तरिक कुरा पर्छन् । सामाजिक दृष्टिले अस्वीकार्य तथा सानै उमेरमा यौन दुव्र्यवहारमा परिएको छ भने कालान्तरमा यौनप्रति डर, चिन्ता एवं उदासीनता उत्पन्न हुन बेर लाग्दैन ।

डिप्रेसनको समस्या समयमै सही पहिचान नहुने, आपूmलाई डिप्रेसन भए पनि रोग लुकाउने प्रवृत्ति र उचित उपचारको अभावमा डिप्रेसनबाट थप जटिलता उत्पन्न हुन जान्छ । यसका कारण महिला र पुरुष दुवैमा यौन समस्या निम्तिन सक्छ । महिलामा यौनेच्छाको कमी र चरम उत्कर्षको समस्या हुन सक्छ । पुरुषमा यौनेच्छा कमी, यौन क्षमतामा कमी, लिंग उत्तेजनामा समस्या, शीघ स्खलनको समस्या हुन सक्छ । डिप्रेसनपीडितमा बढी खाने प्रवृत्तिले उत्पन्न हुने मोटोपनको समस्याका कारणले पनि यौन चाहनामा कमी हुन सक्छ । 

यौन सम्पर्कपछि कतिपय व्यक्तिले नरमाइलो वा उदासी महसुस गर्छन् । यसो हुनुको कारण चरम सन्तुष्टिपछि कतिपय व्यक्तिको मस्तिष्कमा सेरोटोनिन नामक रासायानिक पदार्थको कमी भई उदासी निम्त्याउँछ । किनकि, सेरोटोनिनले सन्तुष्टि वा खुशीको भाव जगाउँछ । 

मान्छेको प्रकृतिअनुसार यौनसम्बन्धी चिन्ता र डर पनि फरक–फरक हुन सक्छन् । उमेरसुहाँउदो यौन शिक्षा, सुरक्षित सेक्स, यौन आनन्दका वैकल्पिक तरिका, आकस्मिक गर्भ निरोध, अनिच्छित गर्भबारे पर्याप्त जानकारी नहुँदा र असुरक्षित यौन सम्बन्धका परिणतिको उचित व्यवस्थापन हुन नसक्दा चिन्तित हुनु स्वाभाविकै हो । त्यसो भन्दैमा चिन्ता गर्दैमा समस्या आपैmँ समाधान हुने होइन । समयमै उचित पहल नगरेको खण्डमा गम्भीर खालको मनोरोग निम्तिन बेर लाग्दैन ।

मानिसहरू कहिलेकाहीँ अनावश्यक चिन्ता पालेर बसेका हुन्छन् । कुनै मापन विशेष नभए पनि आफ्नो यौनांग सानो वा ठूलो, बांगो, योनिमार्ग सुक्खा वा बढ्ता रसिलो, योनि निकै कसिलो वा खुकुलो, कुमारीत्व बाँकी छ÷छैन, विवाहेतर वा विवाहपूर्वको यौन सम्बन्धको निशानी छ÷छैन भन्ने चिन्ताले ग्रसित भइरहेका हुन्छन् । यस्तै खाले चिन्ता शीघ्र स्खलन, हस्तमैथुन, उत्तेजनामा नआउने विषयलाई लिएर पनि हुन्छ ।

सानै उमेरमा यौन दुव्र्यवहार वा यौन हिंसाबाट पीडित व्यक्ति (विशेषतः बालिका वा किशोरी) बाहेक आपूmले मन नपराएको व्यक्तिसँगको विवाह वा वैवाहिक बलात्कारको घटनाले पनि यौनप्रति वितृष्णा जाग्ने स्थिति उत्पन्न हुन सक्छ । यो कुरा पुरुषको हकमा पनि लागू हुन सक्छ । आफूले मन नपराएको व्यक्तिसँग यौन कार्यमा संलग्न हुनुपर्ला भन्ने चिन्ताले व्यक्ति सदैव पीडित हुन्छ । निरन्तर रूपमा यस्तो प्रतिकूल वातावरण झेल्नुपर्दा मानसिक समस्या देखिन सक्छ । तर, गोपनीयता र एकान्त वातावरणको अभाव, यौनसाथीबीच नै आत्मीयताको कमी एवं यौन कार्यका लागि प्रतिकूल वातवरणले यौन सम्बन्ध स्थापित गर्न अल्पकालीन रूपमा चिन्तित तुल्याउने हुन्छ । यस्तो यौन चिन्तामा व्यक्ति विशेषको अन्तर्निहित समस्या, अन्धविश्वास तथा शारीरिक स्थितिले पनि थपथाप गरेको हुन्छ । 

दम्पतीबीच वा सामाजिक रूपमा स्वीकृत पार्टनरबीच यौनसम्बन्धी डर र चिन्ता हटेनन् भने दाम्पत्य जीवनमै नकारात्मक असर पर्न सक्छ । सामाजिक रूपमा वर्जित यौन कार्य नौलो अनुभव वा भवितव्य तवरमा गरेको खण्डमा आत्मग्लानि वा पश्चात्तापको भाव उत्पन्न हुन सक्छ ।
यस समस्याबाट प्रभावित यौन साथीमा बिस्तारै यौनकार्यप्रति सकारात्मक भाव जगाउन सक्यो भने राम्रो हुन्छ । केही समयका लागि ठ्याक्कै लिंग–योनि सम्पर्क बाहेकको यौन आनन्दका वैकल्पिक उपाय, प्राक्क्रीडा एवं उदासी घटाउने औषधिले फाइदा पुु¥याउन सक्छ । 

निराशा क्षणिक भए पनि डिप्रेसन लामो समयसम्म रहन्छ । मनोपरामर्शका साथै औषधिको सेवनले दम्पती एवं पार्टनरबीचका शंका–उपशंका हट्छन्, यौनेच्छाको कमी र डिप्रेसनबीचको चक्र तोडिन्छ र यौन जीवनमा सुधार आउँछ । 

यौन हिंसा वा यौन दुव्र्यवहारबाट पीडित व्यक्तिलाई उचित मनोसामाजिक परामर्शको आवश्यकता पर्छ । यौन चिन्ता पालेर बस्नुभन्दा यौन समस्याको प्रकृतिलाई विचार गरी यसको सामना गर्ने, उचित समाधान गर्नेतर्पm लाग्नुपर्छ । 
 

तपाईको कमेन्ट

मुख्य समाचार