नीताको कटाक्ष

writer

सम्पूर्ण

शुक्रबार, १६ जेठ २०७७


वर्षा राउतको भारतीय साथीको चिन्ता सर्वसाधारणलाई त चित्त बुझेन नै, उनका समकक्षी हिरोइनलाई पनि चित्त बुझेको छैन। त्यसैले टाइमलाइनमा उनको बचाउमा कोही पनि निस्किएका छैनन्। बरु उल्टै कटाक्ष गरेको देखिन्छ। आजभोलिफेसबुक लाइभमा बाक्लै देखिने नीता ढुंगानाले ख्यालख्यालमै वर्षालाई कटाक्ष गरेकी छिन्। 

दिनदिनै फेसबुक लाइभमा आउने उनले वर्षा काण्ड चर्किएकै समयमा बोल्दै पहिला राष्ट्रियता अनि मात्र साथीभाइ आउने बताइन्।

‘सबैभन्दा पहिला राष्ट्रियतालाई राख्नुपर्छ, अनि मात्र परिवार,साथीभाइ आउँछन्,’  करिब एक घण्टाको लाइभमा देशप्रेम र सिमानाबारे बोलेकी उनले भनेकी थिइन्। नीताको यो भनाइ सीधासीधा वर्षालक्षित थियो। वर्षालाईअरूले त खेदिरहेकै छन्, अब आफ्नै सहकर्मी साथीहरू पनि ? के भोलि नीताले यो दिन देख्नुपर्दैन ? भोलि नीताले गरेको गल्तीमा वर्षाले यसैगरी जिब्रो पड्काउँदा उनलाई कस्तो लाग्ने होला ?

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट