मिठाईलालविरुद्ध प्रदेश २

writer

सम्पूर्ण

शुक्रबार, १६ जेठ २०७७


सन्दीप क्षत्री नेपालका सफल स्ट्यान्डअप कमेडियन हुन्। तराई टेलिभिजन हुँदै कान्तिपुर टेलिभिजनमा ‘ह्वाट द फ्लप’ चलाउने उनले यही कार्यक्रमबाट लाखौँ दर्शक कमाएका छन्। सोमा उनी विभिन्न अवतारमा देखिन्छन्।

सबैभन्दा रुचाइएको छ, मिठाईलाल। मिठाईलालका रूपमा सन्दीप मधेशी चरित्र र लवजमा देखिन्छन्। तर, अहिले प्रदेश नम्बर २ सरकारले मधेशी बनेर गरिने कार्यक्रमले मधेशीलाई नै अपमान गरेको भन्दै यो कार्यक्रम बन्द गर्नसरकारलाई पत्राचार गरेको छ। योसँगै ‘जोगिन्दर बोले प्रणाम’ र ‘कोरोना बिर्साउने गफगाफ’लाई पनि बन्द गर्न आग्रह गरिएको छ। 

फिल्म र टेलिभिजन कार्यक्रममा मधेशीको चरित्र चित्रणलाई लिएर आवाज उठेको पहिलो पटक होइन। बारम्बार कुरा उठेका छन्। तर, यसरी उठेका कुरा निस्केको भोलिपल्टदेखि बासी हुन्थे। तर, यसपल्ट प्रदेश सरकार नै जागेको छ। जोगिन्दर चलाउने शिवशंकर रिजालले त कार्यक्रम बन्द नगर्ने संकेत गरिसकेका छन्। दर्शक प्रतिक्रिया कुरिरहेका छन्, सन्दीप। तर, मिठाईलाललाई उनले माया मार्छन् भनेर पत्याउन गाह्रै छ। यो चरित्रमाथिको आलोचना नयाँ भएको भए पो डराउनु ?

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट