आफ्नै पासोमा ऋचा

writer

सम्पूर्ण

शुक्रबार, १६ जेठ २०७७


ऋचा शर्माको बौद्धिकतामा कसैलाई पनि शंका छैन। सिनेमादेखि राजनीतिसम्मका विषयमा मज्जाले गफ दिन सक्छिन्। यतिहुँदाहुँदै पनि उनको एउटा कमजोरी छ, जसले उनलाई बेलाबखत फसाउँछ। त्यो कमजोरी हो, पहिलेको कुरा बिर्सने बानी। 

यतिबेला ऋचालगायत हिरोइन आफूलाई चित्त नबुझेका समाचार मिडियाबाट हटाउन ‘जिरो टोलरेन्स’ नामको समूह नै बनाएर लागिपरेका छन्। यसरी हटाउन खोजेका समाचारमा उनीहरूलाई चित्त नबुझेका समाचार मात्र होइनन्,‘भल्गर हेडिङ’ राखिएका युट्युब भिडियो पनि छन्। तर, यता यो अभियान चलिरहँदा ऋचाको पुरानो भिडियो बाहिरियो, जसमा उनले सेक्सको प्रश्न सोध्ने पत्रकार र यसको उत्तर दिने कलाकार दुवैको झाँको झारेकी छिन्। भिडियोमा ऋचाले बोलेको कुरा सुनेर ताली पड्काउन मन लाग्छ। तर, दुःखको कुरा ऋचा आफ्नो बोलीमा सधैँ अडेको भए पो ?

लकडाउनको समयमा हिरोइनहरूले एकापसमा कुरा गर्न सुरु गरेका छन्। फिल्मसँगै देशदेशावरका कुरा गर्छन्। यही क्रममा केही समयअघि निशा अधिकारी र ऋचा गफिएका थिए। तर, गफ गर्ने क्रममा भल्गर कन्टेन्टविरुद्ध लडिरहेका उनीहरूले पनि सेक्ससम्बन्धी प्रश्न नसोधी रहन सकेनन्। सामाजिक सञ्जालमा ऋचाको पोल खुलिहाल्यो। अरूलाई कन्टेन्ट बिकाउन सेक्सको प्रश्न सोधेको आरोप लगाउने, अनि आफू चाहिँ त्यही गर्ने ?

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट