न्युटनको तेस्रो नियम

writer

सम्पूर्ण

शुक्रबार, ०९ जेठ २०७७


एनके श्रेष्ठ ‘प्रकाश’
अब नेपाली जनताले आफ्नो सम्पूर्ण भूभाग समेटिएको मातृभूमिको आधिकारिक नक्सा प्राप्त गर्नेछन्। सरकारको नीति तथा कार्यक्रममा भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूभाग फिर्ता गर्ने संकल्प गर्दै उक्त भूभागसहितको नक्सा प्रकाशित गर्ने ऐतिहासिक उद्घोष गरेको छ। 

दीपक
आफ्नै देशको भूभाग नक्सामा समेट्न नि नीति तथा कार्यक्रम नै चाहिने रहेछ। अझ ऐतिहासिक रे !


 

रमेश पराजुली
सर्खार काठमान्डूलाई सिल गर्न लागिपरेको छ। सिल गर्नुपर्ने त हटस्पटहरू होलान् नि ! हुन त माराजहरू खाल्डोमा बस्छन्। खाल्डो सुरक्षित भए बाँकी मुलुकमा जो जेसुुकै होओस्, के मतलब ?

दीपा
माराजहरू खाल्डोमा छन्। माराजहरू नै त हो, नेपाल।


गगन थापा
नीति तथा कार्यक्रम आउनुअगाडि डराएको थिएँ, अब ढुक्क भएँ। कोरोनाले नेपालमा खासै प्रभाव नै पारेको रहेनछ। ढुकुटी पनि दह्रै रहेछ। साधनस्रोत प्रशस्तै रहेछ। ठीकठाक मात्र हैन, यो वर्ष त देशमा चमत्कार नै हुने रहेछ। देश–परदेशमा भएका कोही पनि आत्तिनुपर्ने रहेनछ। सरकार त पाएकै हो ! धन्यवाद, मेरो सरकार !

अगन्धर सुवेदी 
ठीकै हो...देशमा बाख्रा फार्महरूले नै क्रान्ति ल्याएका छन् र त्यसको अगुवाइ तपाईंले नै गर्नुभएको छ। 


गनी अन्सारी 
यो भुइँमान्छेको एउटा निर्दाेष प्रश्नः आफ्नै भूमि समेटेर कुनै ‘सार्वभौम’ देशलाई नक्सा जारी गर्न सामान्यतया कति समय लाग्छ ? (नोटः जायज प्रश्नले तपाईं र तपाईंका ख्वामितको पारो ताते पनि मलाई मतलब भएन।) 

पाण्डे नरेश (एनपी) 
जानकारीका लागि बताइदिन्छु– लगभग ६० वर्ष लाग्छ। दोस्रो कुरा, आँट र हिम्मत चाहिन्छ। बच्चाले पानामा नक्सा कोरेजस्तो हैन। 

तपाईको कमेन्ट