फिटनेस गुरु बन्ने बाटोमा

writer

सम्पूर्ण

शुक्रबार, ०९ जेठ २०७७


घरमा बसेर धेरै हिरोइनलाई मोटाइने पिर छ। केहीले भनि पनि सके। किनकि, जिमखानामा गएर जिम गर्नु र घरमा गर्नुमा धेरै फरक छ। घरमै गरेर हुने भए जिमखाना किन जानुपथ्र्यो ? लकडाउन खुल्दा अरू हिरोइन कुन स्वरूपमा आउने हुन्, थाहा छैन। तर, ‘गाँठो’ अभिनेत्री नम्रता श्रेष्ठ भने खतरै भएर आउनेवाला छिन्। 

उद्योगमा सानी नम्रता भनेर चिनिने उनको दैनिक काम नै ज्यान बनाउने छ। तर, यो ज्ञान उनले आफूमा मात्र सीमित नगरेर दुनियाँलाई बाँड्न थालेकी छिन्। लकडाउन भएदेखि नै उनले नियमित रूपमा ज्यान बनाउने आसन सिकाउन थालेकी छिन्। अब उनको यो ज्ञान अरूले कत्तिको लिइरहेका छन्, त्यो उनीहरू नै जानून्। तर, लकडाउन लम्बिँदै जाने हो नम्रता चाहिँ खतरै ‘फिटनेस गुरु’ भएर निस्कने छाँट छ।

उनी अभिनय गर्नमा त अगाडि नै छिन्। अब ज्यान पनि चिटिक्क बनाएपछि कसो निर्माता–निर्देशकको नजरमा नपर्लिन् ?

तपाईको कमेन्ट