कुबेलाको ‘रानीमहल’

writer

सम्पूर्ण

शुक्रबार, ०९ जेठ २०७७


तीन वर्ष भइसक्यो ‘रानीमहल’ बन्ने घोषणा भएको। तर, घोषणा भएको केही दिनपछि नै फिल्ममा कलाकार इन र आउट हुने शृंखला चालू भयो। पहिला वर्षा शिवाकोटीले फिल्म छाडिन्, पछि प्रशान्त ताम्राकारले छाडे।

यो छाड्ने क्रम लामै समय चल्यो। तर, मुस्किलले कलाकार भेला पारेर फ्लोरमा गएको फिल्म बीचैमा अड्कियो। सुटिङमा बजेट सकिएको देखि प्रोडक्सन कन्ट्रोलरले पैसा धेरै खाइदिएको सम्म समाचार आए। बीचमा फिल्मको नामोनिसान थिएन। 

तर, लकडाउनकै बीच फिल्मको टिजर सार्वजनिक भएको छ। यद्यपि, टिजर आए पनि यो फिल्म पूरा भएर बजारमा आउँछ भन्ने पत्यार कसैलाई छैन। जानकारका अनुसार फिल्मको अझै ५० प्रतिशतभन्दा बढी सुटिङ बाँकी छ। ‘रानीमहल’ खासमा पूर्व मिस नेपाल निकिता चाण्डकको डेब्यू फिल्म हुनेवाला थियो। वर्षाले छाडेपछि यो रोलमा फिल्ममेकरले निकितालाई महँगो रकम दिएर अनुबन्ध गरेको चर्चा थियो। तर, पछि 

उनले विराज भट्टको अपोजिटमा ‘साङ्लो’बाट डेब्यू गरेकी थिइन्। मान्छेलाई अहिले मनोरञ्जनभन्दा पनि जीवनको चिन्ता छ। यस्तोमा ‘रानीमहल’ले प्रचार थालेको छ। कुबेलाको प्रचारले के सघाउला फिल्मलाई ?

तपाईको कमेन्ट