क्वारेन्टिनमा पाक्कला

writer

सम्पूर्ण

शुक्रबार, ०९ जेठ २०७७


क्वारेन्टिनमा पाक्कलाक्वारेन्टिनले नेपालका मात्र होइन, संसारभरकै हिरोइन भान्सा छिर्न बाध्य छन्। यसमा कति रहरले छिरेका छन् त कति बाध्यताले।

लकडाउनले काम गर्ने मान्छे नै नभएपछि भान्सामा नछिरेर धर पनि भएन। तर, सेलेना गोमेजले भने यो ज्ञान दुनियाँमा बाँड्ने भएकी छिन्। उनले एचबीओका लागि कुकिङ सो होस्ट गर्न लागेको खबर छ। १० भागको यो शृंखलामा उनले सेफसँग मिलेर खानाका विभिन्न परिकार बनाउन सिकाउनेछिन्। गोमेज हलिउडमा ‘फुडी सेलिब्रिटी’ मानिन्छिन्। आफूलाई मन लागेको खानेकुरा आफैँ बनाएर खानमा चर्चित छिन्।

उनी बेला–बेला तेस्रो करिअर सेफ बन्न सक्ने बताउँथिन्। क्वारेन्टिनको बसाइले पूरा गरिछाड्लाजस्तो छ।  

तपाईको कमेन्ट