कोरोना–कालपछि कस्तो हुनेछ मानव समाज ?

writer

सम्पूर्ण

शुक्रबार, ०२ जेठ २०७७


कोरोना भाइरस महामारीको अन्त्य कहिले र कसरी होला ? महामारीपछि हाम्रो जीवन र समाज कस्तो होला ? अहिले यी प्रश्नले सबैलाई सोच्न बाध्य गराइरहेका छन्। यो महामारीलाई अनेक कोणबाट व्याख्या गरिएको छ। कसैले यसलाई नवउदारवाद र पुँजीवादमाथिको अन्त्येष्टि मानेका छन्। महामारीको कारण राज्यको सान्दर्भिकता पुनः फर्किएको तर्क छ कसैको। यसले क्रान्ति निम्त्याउँछ भन्छन् कोही। कोही दुनियाँ अझ लोभी–पापी हुने भयो भन्छन्। विश्वको आधा जनसंख्या एकैपटक लकडाउनमा बसेको, करोडौँले रोजगारी गुमाएको समयमा बाँचिरहेका छौँ हामी। कठिनाइको यो प्रसवपछि वास्तवमा मान्छे–मान्छेबीचको सम्बन्ध कस्तो होला ? महामारीका क्रममा देखिएका घटनाहरूको संकेतका आधारमा हामी त्यसको अनुमान मात्र लगाउन सक्छौँ।

लज्जित तुल्याउने भारतको उदाहरण

मार्च १३ मा मुस्लिमहरूको तब्लिगी जमात भनिने एउटा समूहका सदस्य नयाँ दिल्लीस्थित हजरत निजामुद्दिन क्षेत्रमा भेला भए। उनीहरू मरकज भनिने धार्मिक सभामा सहभागी हुन आएका थिए। उपस्थितमध्ये थुप्रै कोरोना भाइरस फैलिएका मुलुकबाट आएका थिए।मरकज अवधिभर उनीहरू एकअर्काको निकट सम्पर्कमा रहनेगरी त्यहाँ बसे। भारत सरकारको तथ्यांकअनुसार मार्चको सुरुवातमा आठ हजारभन्दा बढी जमातीले निजामुद्दिन भ्रमण गरेका थिए, जसका कारण त्यहाँ उपस्थित थुप्रैमा संक्रमण देखियो।

मार्च २२ मा प्रधानमन्त्री नरेन्द्र मोदीले अचानक लकडाउन घोषणा गरे। यसअघिको कुख्यात नोटबन्दी घोषणाजस्तै बिनापूर्वसूचना राति ८ बजे टेलिभिजनमा झुल्किएर उनले लकडाउन घोषणा गरेका थिए। त्यसपछि उत्पन्न हुने परिस्थितिको समाधान कसरी गर्ने, राहत कसरी दिनेजस्ता कुनै जानकारी नदिई उनले देश ठप्प पारे। यसबाट करोडौँ भारतीय समस्यामा परे। खासगरी, देशभित्रैका आप्रवासी मजदुर यता न उता भए। एक त उनीहरूको रोजगारी बन्द भयो, जसका कारण आम्दानी रोकियो। दोस्रो, उनीहरू घर फर्किन पाएनन्। लाखौँलाख मानिस एकैपटक छानो र मानोविहीन भए। त्यसैले उनीहरू पैदल हिँडेर घर जान थाले। तर, लकडाउनका नियम उल्लंघन गर्नेहरूलाई एकनासले कारबाही गरियो।

महामारीलाई एक समुदायमाथि आक्रमण गर्न कसरी उपयोग गर्न सकिन्छ, भारतको उदाहरणले देखाउँछ। वास्तवमा गएको अढाई महिनादेखि भारतको सामाजिक सञ्जाल मुस्लिमप्रतिको घृणाले भरिएका छन्। अमेरिका र अन्य केही देशमा पनि महामारीलाई यसरी नै प्रयोग गरेको देखिन्छ।

 

हरका अन्य मानिसझैँ निजामुद्दिनका जमाती पनि घर फर्किन चाहेको भए त्यो सम्भव थिएन। त्यसैले उनीहरू निजामुद्दिनभित्रै खाँदिएर बसिरहे। मार्च ३० मा प्रहरीले उनीहरूलाई बाहिर निकाल्न खोज्यो। त्यहाँभित्र रहेका २५ सय मानिसलाई निकाल्न प्रहरीलाई पूरै दुई दिन लाग्यो। ‘हामीले निजामुद्दिनको ढोका थुनेका होइनौँ,  सरकारले थुनेको हो,’ मकबुल नामक एक जमातीले भने, ‘लकडाउन अचानक २२ मार्चमा घोषणा गरिएको थियो, जसका लागि यो देशका कोही पनि नागरिक तयार थिएनन्। अनि, एउटा समुदायलाई किन खलनायक बनाइयो?’

मकबुलको यो मूल्यांकन एकहदसम्म सही छ। किनभने, जे भयो, त्यसका लागि सरकार दोषी छ। तर, तबलिगी जमातले पनि गैरजिम्मेदारी प्रदर्शन ग¥यो। एक त उनीहरूले एक जनाको पनि परीक्षण नगरी विदेशीलाई सहभागी गराएरमरकजआयोजना गरे। त्यसमाथि, जमाती प्रमुख मौलाना सादले युट्युब भिडियोमार्फत कोरोना भाइरस महामारीलाई पापीहरूलाई अल्लाहले दिएको सजाय भएको दाबी गरे। उनले पवित्र र निरपराध मानिसलाई यसको कुनै असर नपर्ने बताउँदै अल्लाहमा विश्वास राख्नेहरूलाई मस्जिदमा भेला हुन आग्रह गरे।यसले सोझै सामाजिक दूरीका नियम उल्लंघन गथ्र्यो।

जमातीलाई निजामुद्दिनबाट निकालिएपछि भारतमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढ्यो। तीमध्ये केही ‘सुपरस्प्रेडर’ पनि बने। अर्थात्, आफूलाई संक्रमण भएको थाहै नपाई उनीहरूले कयौँलाई भाइरस सारे। त्यसपछि जमातीले परीक्षणमा नसघाएको, अस्पतालमा स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गरेको, आ–आफ्ना घर फर्केकाले जानीजानी अरूलाई संक्रमित तुल्याएकोजस्ता समाचार प्रकाशित, प्रसारित हुन थाले। जमातीको सम्पर्कमा आएका करिब २५ हजार मानिस क्वारेन्टिनमा बसे।

तर, के जमातीहरूको व्यवहार अपवाद थियो त? अहँ, त्यस्तो थिएन। जमातीले जे गरे, गैरमुस्लिमले पनि त्यसबेलासम्म त्यही गरिरहेका थिए। मार्चमा जुन दिन तब्लिगी जमातको भेला सुरु भयो, त्यही दिन भारतको स्वास्थ्य मन्त्रालयले प्रेस ट्रस्ट अफ इन्डियालाई भनेको थियो, ‘कोरोना भाइरस भारतमा स्वास्थ्य संकट होइन।’ त्यसबेलासम्म विमानस्थलमा समेत कडा जाँच सुरु भइसकेको थिएन। मानिसहरू जाँचबिनै वारपार हुन्थे, जसले विदेशबाट भाइरस ल्याए। परीक्षण दरको कुरा गर्दा अहिलेसम्म पनि अत्यन्त न्यून छ।

उदाहरणका लागि, बलिउड गायिका कनिका कपुर बेलायतबाट मार्चको सुरुमा भारत फर्किन्। उनले एक होटलमा जन्मदिनको ठूलो भोज पनि आयोजना गरिन्। सो भोजमा सत्तारूढ भाजपाका केही सांसद् पनि उपस्थित थिए। केही दिनपछि कपुरमा कोरोना पोजिटिभ देखियो।

दिल्लीको प्रशासन र प्रहरीलाई जानकारी नदिई जमातीको भेला नै हुन सक्दैनथ्यो। वास्तवमा मरकज आयोजनास्थलबाट ढुंगा हान्दा पनि पुग्ने ठाउँमा छ, त्यहाँको स्थानीय प्रहरी चौकी। मार्च २२ को मध्यरातदेखि नै लकडाउन लागू हुने निर्देशन भएको भए त्यही दिन सो भेला किन रोकिएन?आठ दिनको ढिलाइ किन?जमाती सबैलाई घर फर्काउनुअघि क्वारेन्टिनमा किन राखिएन? परीक्षण किन गरिएन? तिनलाई देशभर भाइरस पु¥याउन किन दिइयो?

र, जमातीको व्यवहारलाई लिएर जतासुकै मुस्लिमप्रति घृणा व्यक्त भइरहँदा महाराष्ट्रमा भने कफ्र्यूका बीच पनि एक हिन्दूसभा आयोजना गरियो। जब प्रहरीले तिनलाई रोक्न खोजे, प्रहरीमाथि ढुंगामुढा भयो। पश्चिम बंगालमा पनि रामनवमीको अवसरमा सामूहिक पूजापाठ गरियो। कतिपय स्थानमा भाजपाका नेता–कार्यकर्ताले गौमूत्र सेवन कार्यक्रम आयोजना गरे।

भाजपाकै सरकार रहेको उत्तर प्रदेशमा आफूलाई माता दाबी गर्ने माँ आदिशक्तिले आयोजना गरेको भेला प्रहरीले रोक्न खोज्दा उनले तरबार निकालेर आफूलाई छोइहेर्न प्रहरीलाई चेतावनी दिइन्। त्यस्तै, पञ्जाबमा अर्का साधु बलदेव सिंहले लकडाउन पालना गरेनन्,जसका कारण उनी घुमेको २० गाउँका ४० हजार मानिस क्वारेन्टिनमा बस्नुप¥यो। गुजरातका १८ सय हिन्दू उत्तर भारतमा अड्किए। गृहमन्त्री अमित शाहले तिनलाई ल्याउन सुविधायुक्त बस पठाए।

तर, जति घृणा ओकलियो, त्यो मुस्लिममाथि मात्र केन्द्रित थियो। अझ भारतीय सञ्चारमाध्यमको भूमिका देखेर त जोकोही लज्जित हुन सक्छ। वास्तवमा भारतीय सञ्चारमाध्यमले मुस्लिमद्वेषी संयन्त्रको काम गरे। जमातीबारे समाचार ‘ब्रेक’ भएको केही घण्टाभित्रै ‘ह्यासट्याग कोरोना जिहाद’ ट्रेन्ड हुन थाल्यो। भोलिपल्ट ‘निजामुद्दिनका कोरोना जोम्बी’, ‘जमातको कोरोना प्रलय’जस्ता ह्यासट्याग भाइरल भए। त्यसको दुई दिनपछि यी ह्यासट्याग ट्विटरबाट सरेर टीभीमा पुगे। सरकारी संरक्षणमा मौलाएका टेलिभिजन प्रस्तोताहरूले मुस्लिममाथि कुनै सीमा नराखी विषवमन गरे। मुस्लिमलाई ‘जिहादी’ को संज्ञा दिँदै उनीहरूलाईकडाभन्दा कडासजाय दिइनुपर्ने वकालत गरे। यो हल्लाखल्लामा सत्ताधारी दलका सांसद् र मन्त्रीले पनि स्वर खापे र घृणाको अभियानलाई अझ अघि बढाए।

अल्पसंख्यक मामिलासम्बन्धी केन्द्रीय मन्त्री मुख्तार अब्बास नकवी, जो मुस्लिमविरोधी आवाजका रुपमा परिचित छन्, ले जमातीले ‘तालीबानी अपराध’ गरेको बताए। भाजपाका सांसद्हरूले मुस्लिम पसलेबाट तरकारी नकिन्न आह्वान गरे। ट्वीटर ह्यान्डल र टेलिभिजन स्क्रिनबाट यो घृणा बिस्तारै त्यसरी नै वास्तविक जीवनमा प्रवेश ग¥यो, जसरी यसअघि गौहत्याको आशंकामा मुसलमान नागरिकमाथि भीडको आक्रमण (मब लिन्चिङ) हुने गरेको थियो।

५ अप्रिलमा महबुब अली नामक एक मुस्लिम युवकको दिल्लीमा हिन्दू भीडले कुटीकुटी हत्या ग¥यो। उनी अर्कै राज्यको मरकजमा सहभागी भएका थिए, जसको दिल्लीको निजामुद्दिन भेलासँग कुनै सम्बन्ध थिएन। त्यो आक्रमणको भिडियो खिचेर सामाजिक सञ्जालमा भाइरल बनाइयो। जहाँ ती युवा दयाहीन हत्याराहरूसँग आफ्नो जीवनको भीख मागिरहेका देखिन्छन्। १० अप्रिलमा पञ्जाबकी एक नर्स अम्ब्रिन खान, जो कोरोनाविरुद्धको युद्धमा अग्रमोर्चामा खटिएकी छन्, लाई एउटा भीडले ‘पाकिस्तान जान, अन्यथा परिणाम भोग्न’ धम्की दियो। १५ अप्रिलमा तब्लिगी जमातका नेता सादविरुद्ध दिल्लीमा हत्या आरोपमा मुद्दा दायर भयो। तर, मुस्लिमद्वेषी यो अभियानको निशानामा जमाती मात्र थिएनन्।

मार्च १४ मा एबीपी न्युज नामक टेलिभिजन च्यानलले मुम्बईस्थित बान्द्रा स्टेसनमा घर फर्किनेका लागि रेलको व्यवस्था गरिएको समाचार प्रसारण ग¥यो। यो समाचार झुटो थियो। भोलिपल्ट त्यहाँ हजारौँको भीड जम्मा भयो। तिनलाई हटाउन प्रहरीले बल प्रयोग ग¥यो। यो घटनालाई समेत सबै ठूला सञ्चारमाध्यमले मुस्लिमविरुद्ध घृणा भड्काउन उपयोग गरे। नरेन्द्र मोदीनिकट टीभी सञ्चालक रजत शर्माले स्टेसन नजिकैको एउटा मस्जिदको फोटो पोस्ट गरेर सो भीड लकडाउन उल्लंघन गर्न मुस्लिमहरूले जानीजानी आयोजना गरेको दाबी गरे। थुप्रैले उनको पाइला पछ्याएर त्यही कोणबाट समाचार प्रकाशित गरे। प्रहरीले यसमा मस्जिदको कुनै भूमिका नभएको स्पष्टीकरण दिइरहँदा पनि समाचार भाइरल भयो। मार्च र अप्रिलमा यस्ता अनेकौँ घटना भए।

महाराष्ट्रको पालघरमा दुई साधुको भीडले हत्या ग¥यो। प्रहरीले सो घटनामा धार्मिक घृणा कारण नभएको प्रहरीले बतायो। हत्यामा संलग्न दुई जना त भाजपाका कार्यकर्तासमेत थिए। तैपनि, त्यसको दोष मुस्लिमको थाप्लोमा हालियो। ससाना कुरामा हंगामा खडा गरिरहने रिपब्लिक टीभीका प्रस्तोता अर्णव गोस्वामीले चिच्याई–चिच्याई यो घटनामा विपक्षी नेतृ सोनिया गान्धीको हात रहेको दाबी गरे। उनीमाथि गालीगलौज गरे। लगत्तै, ट्वीटरमा पनि गान्धीविरुद्ध ह्यासट्याग सुरु भयो।

महामारीलाई एक समुदायमाथि आक्रमण गर्न कसरी उपयोग गर्न सकिन्छ, भारतको उदाहरणले देखाउँछ। वास्तवमा गएको अढाई महिना भारतको सामाजिक सञ्जाल मुस्लिमप्रतिको घृणाले भरिएका छन् भन्दा अतिशयोक्ति हुँदैन।

अमेरिका र संसारभर उस्तै

ठीक यही समस्या अमेरिकामा पनि देखिएको छ। त्यहाँ चीनलाई महामारीका लागि जिम्मेवार ठह¥याउने काम भयो। मुलुकको नेतृत्व गरिरहेको राष्ट्रपतिले नै कुनै एक जातिप्रति औँला ठड्याएपछि आम मानिसमा सो समुदायप्रति घृणा र भ्रम फैलिनु स्वाभाविक थियो। अमेरिकाका विभिन्न स्थानमा चिनियाँहरूले भाइरस फैलाएको झुटो खबर प्रसार भयो। चिनियाँ मूलका युवायुवतीलाई दुव्र्यवहार गरियो। ‘चिनियाँजस्ता देखिने’ एसियाली मूलका आप्रवासीमाथि पनि दुव्र्यहार र घृणाजन्य अपराध भए, जसले जातीय हिंसाका घटनालाई झनै बढाएको छ। टेक्ससमा एसियाली मूलको एउटा परिवारलाई छुरी घोपेर हत्या प्रयास भयो।

दुई दशकअघि आतंकवादविरुद्ध अभियान चलाइरहेको अमेरिकामा मुस्लिमहरूको जे हाल थियो, अहिले करिब त्यस्तै अवस्था पैदा भएको छ। एसिएन प्यासिफिक पोलिसी एन्ड प्लानिङ काउन्सिलका अनुसार मार्च १९ सम्म अमेरिकामा त्यस्ता ६ सय ७३ घटना भएका थिए।तीमध्ये २५ प्रतिशत गालीगलौज, २३ प्रतिशत तिरस्कार र १० प्रतिशत शारीरिक आक्रमणथिए। उसो त जनस्वास्थ्य समस्याका लागि एसियालीलाई दोष दिने अमेरिकाको पुरानै बानी हो। सन् १८८२ मा चिनियाँहरूलाई प्रवेश नदिने कानुन नै बनेको थियो। अमेरिकामा बसिरहेका एसियालीले सन् १९४३ सम्म नागरिकता पाउँदैनथे।

यस्तै दृश्य छ, युरोपमा पनि। संसारभर महामारीको माझमा कुनै एउटा समुदायलाई बलिको बोको बनाउने कार्य हामीले पटक–पटक देख्यौँ।लकडाउन र क्वारेन्टिनका नियमलाई जातिभेद र छुवाछुतको औचित्य पुष्टि गर्न प्रयोग गरिएका उदाहरण हाम्रैसामु छन्। नेपालकै कुरा गर्ने हो भने छुवाछुत, छाउपडीजस्ता कुसंस्कारको बचाउमा अनेकौँ लेख छापिएका छन्।

हो, यो महामारीले हाम्रो सामाजिक सम्बन्धहरूलाई धेरै अर्थमा फेरिदिएको छ।पश्चिमा विश्वमा अब कुनै चिनियाँजस्तो देखिने व्यक्तिलाई ‘ए कोरोना भाइरस’ भनेर सम्बोधन गरिनु ‘न्यू नर्मल’ बनेको छ। सडकमा हिँड्दा कसैसँग नजिक परिएला कि भन्न भय संसारभरकामानिसका आँखामा देखिन थालेको छ। भीडभाड, रमिता देखिए दौडेर गई मिसिने, हेर्ने प्रचलन अन्त्य भएको छ।

ज्युँदै छ सामूहिक भावना

तर, महामारीमा जेजस्ता दृश्य सामुन्ने आए, ती निराशाजनक मात्रै छैनन्।महामारीका बेला विश्वभर स्थानीय समुदाय परिचालन भएको छ। नेपालमै हेर्ने हो भने काठमाडाँैमा मात्रै थुप्रै क्लबले भोका मजदुरलाई खाना खुवाइरहेका छन्।विपद्मा परेकालाई सहयोग गर्ने, एक मानिसलाई अर्कोसँग जोड्ने परिस्थिति देखिएको छ। जहाँ सरकार असफल भएको छ, त्यहाँ समुदाय सफल देखिएको छ। केही दृश्य यस्ता छन्, मानौँ सम्पूर्ण शक्ति साधारण जनताको हातमा फर्केको छ।

चीनको वुहानमा लकडाउनका कारण सार्वजनिक यातायात बन्द भएपछि स्वयंसेवक ड्राइभरहरूले स्वास्थ्यकर्मीलाई अस्पताल लैजाने र घर ल्याउने सञ्जाल नै बनाए। भारतमा दैनिक ज्यालामा गुजारा चलाउनेको आय ठप्प भएपछि युवाले राहत वितरण गरे। दक्षिण अफ्रिकाको जोहानेसबर्गमा स्थानीय समुदायले नै आवश्यक परेकालाई ह्यान्ड स्यानिटाइजर, ट्वाइलेट पेपर, पानीको बोतल र खानाको प्याकेज वितरण गरे। केपटाउनमा अस्पताल भरिभराउ भएको खण्डमा के गर्ने भन्ने प्रश्नमा एक स्थानीय समूहले जिल्लाभरका बासिन्दाको सर्वे गरेर आवश्यक परे खट्ने स्वास्थ्यकर्मीको सूची तयार गरेको थियो।

अमेरिकामा संक्रमितको उपचारमा खटिएका तर आफ्नो खाना र बासको व्यवस्था गर्न नभ्याएका स्वास्थ्यकर्मीका लागि गाँस र बासको व्यवस्था ‘हस्पिटल हिरो’ नामक समूहले गरेको थियो। तनावमा परेका केटाकेटीलाई भुलाउन एक जना आठवर्षकाबालकले ‘वी पाल्स’ नामक समूह बनाए, जहाँ बालबालिका भर्चुअल रूपमा रमाउन सक्छन्। नर्भेमा कोभिड–१९ बाट निको भएका मानिसहरूको एउटा समूहले त्यस्तो सेवा सञ्चालन ग¥यो, जुन काम संक्रमित नभएकाले गर्न जोखिम थियो।चेक गणतन्त्रको राजधानी प्रागमा विद्यार्थीको समूहले डाक्टर र नर्सका बालबच्चा हेरचाह गर्ने जिम्मेवारी उठाए। आयरल्यान्डको डब्लिनमा सबैले आ–आफ्ना बार्दलीबाट खेल्न मिल्ने ‘बाल्कोनी बिंगो’ आविष्कार गरे।बेलायतमा आपसी सहयोग गर्ने हजारौँ समूह निर्माण भए। तिनले खानेकुरा किनमेलदेखि औषधि खरिद, वृद्धवृद्धा र बालबालिकाको हेरचाहजस्ता काममा एकअर्कालाई सघाए।

विश्वभर डाक्टर, प्राविधिक, इन्जिनियर र ह्याकरसम्मले सरकारले पु¥याउन नसकेको उपकरण र विज्ञता जुटाउन सामूहिक प्रयत्न र चन्दा संकलनजस्ता काम गरे। लाट्भियामा थ्रीडी प्रिन्टरबाट सबैभन्दा हलुका ‘फेस सिल्ड’ डिजाइन गर्न ४८ घण्टे ‘ह्याकथन’ आयोजना गरियो।

हरर फिल्महरूमा देखाइन्छ, जब संकट आइपर्छ, मानिस एकदमै स्वार्थी बन्छ। आफ्नो जीवन बचाउन अरूको जीवन लिन पछि पर्दैन। अझ कतिपयमा त मानिस मानिसकै मासु खाने जोम्बीमा परिणत हुन्छ। तर, यो महामारीले देखाएको छ– करोडौँ मानिस असल छिमेकी, सहृदय मानवमा बदलिएका छन्।

पक्कै पनि समाज जस्तो हुनुपर्ने हो, त्यस्तो छैन। घृणा, भेदभाव, कुसंस्कार अझै थेग्न नसक्नेगरी छ। तर, स्वभावैले मानिस सामाजिक प्राणी भएकाले आपसमा मिलेर राम्रो जीवनका लागि संघर्ष गर्नु उसलाई बढी सहज हुन्छ। त्यसैले नै एकान्तवासको यो समयमा पनि यतिधेरै सामूहिक क्रियाकलाप हामी देखिरहेका छौँ। तर, महामारी सकिँदासम्म यो सामूहिक भावना जीवित रहन्छ भन्ने कुनै ग्यारेन्टी छैन। यस्तो भावनालाई तोड्नेहरूको अग्रपंक्तिमा देखिएका छन्, अर्बपतिहरू। जो निजी जेट चढेर सुरक्षित स्थान खोज्दै उडेका छन्। त्यसमाथि हामी बाँचिरहेको यो पुँजीवादी व्यवस्था झनै क्रूर छ। महामारीपछि आइपर्ने लामो आर्थिक संकटले आधारभूत आवश्यकता पूरा गर्न पनि जनसंख्याको ठूलो हिस्साले मरिमेट्नुपर्ने जोखिम पैदा भएको छ। त्यसैले मानिसलाई जोम्बीमा परिणत हुन नदिन बेलैमा सोच्न आवश्यक छ।

–एजेन्सीको सहयोगमा कवि आचार्य

तपाईको कमेन्ट