न्युटनको तेस्रो नियम

writer

सम्पूर्ण

शुक्रबार, ०२ जेठ २०७७


चन्द्रकिशोर 
‘हेर, यो सरकार सिंहासनमा बसेर केवल कविता कोर्ने हो,’ बडका भैया भन्दै थिए, ‘न त यो बोर्डरको रक्षा गर्न सक्छ, न त बोर्डरमा फसेका आफ्ना नागरिकको सुरक्षा । बरु फुरसत पाए यिनले बाँसुरी बजाउनेछन् ।’
सीमाञ्चलको यथार्थ बुझ ! 

पराग
उसैका पुरुषार्थले ल्याइदिएको गणतन्त्र छ । उसकै कृपाले खान पाएको सरकार उसैको विरुद्ध कसरी जाइलाग्न सक्छ ? नमकहराम हुन त नैतिकताले नदेला नि ?


कृष्मा 
न जनताको मतलब छ, न त जमिनको सुरक्षा । आखिर यो कस्तो राष्ट्रवाद हो ?

डेस्टिनी मेकर
सीमामा आएर इन्डियनले ठोक्छन्, सिंहदरबार पुगेर चाइनिजले । 


रामेश 
लिपुलेकमा भारतले बाटो बनाएछ । अब विरोधमा ‘विस्तारवादी इन्या, हाम्रो जमिन फिर्ता गर्’ भन्दै झण्डा बोकेका साना कामरेडहरूले केचनामा फोटो खिच्ने भए । अनि, ठूला कामरेडले चैँ ‘पाखुरा सुर्केर हुन्छ ? कूटनीतिक च्यानलबाट कुरो हुँदै छ’ भनेर हामीलाई नै हप्काउने भए । जे होस्, राष्ट्रवाद जिन्नावाद ! 

राष्ट्रिय लकडाउन पीडित संघ
भारतले एक्लै मानसरोवरसम्म सडक बनाउन लागेको होइन । मानसरोवर भारतमा पर्दैन । त्यो चीनको तिब्बतमा पर्छ । सडक निर्माण दुवै पक्षको सहमतिबिना सम्भव छैन । 


सञ्जीव
ओली प्रवृत्ति खराब मात्र होइन, सामान्य मानिसले कल्पना गर्न सक्ने सीमाभन्दा धेरै गुना खराब र हानिकारक हो । यसको क्रूरता र असक्षमताको सीमा छैन । जति दिन यो सत्ता रहन्छ, देश र समाज त्यति नै फर्किन नसक्ने गरी कुहिएर जाने हो । कोरोना महाव्याधिभन्दा ठूलो संकट यो सत्ता हो । 

बालकृष्ण घिमिरे 
यति हुँदाहुँदै पनि ओलीको विकल्प छैन भन्ने, उसैको बचाउ गर्नेहरू हुन्, खास समस्या । व्यक्तिभन्दा समाज नै भ्रष्ट छ हाम्रो । 

तपाईको कमेन्ट

मुख्य समाचार