घरैबाट ‘एकछिन’

writer

सम्पूर्ण

शुक्रबार, ०२ जेठ २०७७


लकडाउनलगत्तै अभिनेता सन्दिप क्षत्रीले घरमै बसी–बसी कलाकारको जम्बो टोलीलाई सहभागी गराएर ‘लकडाउन’ नामकै छोटो फिल्म बनाएका थिए। महजोडीदेखि निर्मल शर्मासम्मका कलाकारको सहभागितामानिर्माण भएकोसर्ट फिल्मले राम्रो तारिफ पाएको थियो। संगीतकर्मीले पनि यही मोडल अपनाउँदै धमाधम भिडियो बनाउन थालेका छन्। 

केही समयअघि न्ह्यू वज्राचार्य, योगेश्वर अमात्य, जेम्स प्रधान र सुन्दर महर्जन मिलेर योगेश्वर अमात्यको गीत ‘क्या बोर भयो’ को भिडियो तयार गरेका थिए। यसको प्रतिक्रियाले हौसिएर फेरि उनै संगीतकर्मी मिलेर अर्को गीतको भिडियो तयार गरेका छन्। 

‘मलाई एकछिन देऊ’ बोलको गीतमा न्ह्यू, योगेश्वर र जेम्सले स्वर दिएका छन्। गीतकार दुर्गालाल श्रेष्ठको शब्दलाई न्ह्यूले संगीत दिएका हुन्। गीतमा गोपाल रसाइलीले गिटार र सुन्दर महर्जनले पर्कसन सम्हालेका छन्।सबैजनाले आ–आफ्ना घरमाबसेरगीत तयार गरेका हुन्। 
 

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि