के यौन सम्पर्कबाट कोरोना भाइरस सर्न सक्छ ?

writer

सम्पूर्ण

शुक्रबार, २६ बैशाख २०७७


-डा. सुमनराज ताम्राकार

अहिलेको परिप्रेक्ष्यमा कोरोनाबाहेक अन्य कुनै सोच्न सकिने विषय वा सरोकारको कुरा नै छैन। सबैको ध्यान कोभिड–१९ बाट कसरी त्राण पाउने भन्ने मात्र छ। वर्तमान स्थितिमा यौन विषय प्राथमिकतामा नपर्ने हुनाले यससम्बन्धी गलत जानकारी पैmलिन सक्छ। अर्थात्, विश्वव्यापीमहामारीको बेला यौनसम्बन्धी गलत अफवाहका कारण अन्य समस्या निम्तिन सक्छ। कतिपयमा यौन सम्पर्कबाट कोरोना संक्रमण हुन्छ÷हुँदैन भन्ने जिज्ञासा हुनसक्छ। कोरोना संक्रमण मुख्यतः श्वासप्रश्वासबाट हुने भएपनि कतिपय यौनिक व्यवहार जोखिमपूर्ण हुनसक्छन्। लकडाउनका बेला यौनिक गतिविधि झन् बढी हुनसक्ने हुनाले आवश्यक सावधानी अपनाइएन भने संक्रमण पैmलिनेजोखिम चाहिँ हुन्छ।

यौन सम्पर्कबाट कोरोना सर्छ भन्ने कुरा त्यति प्रष्ट थाहा भइसकेको छैन। तर, अहिलेसम्मको प्रमाणको आधारमा कोभिड–१९ यौनजन्य संक्रमण नै चाहिँ होइन। 

उपलब्ध जानकारी विश्वसनीय र आधिकारिक अनुसन्धान संस्थाबाट, वैज्ञानिक रिपोर्टमा आधारित नभएकोलेत्यति भरपर्दाेचाहिँ छैन। 

एचआईभी एड्स र अन्य यौनरोगजस्तैकोरोना प्रत्यक्ष यौन सम्पर्कबाट सर्ने यौनजन्यसंक्रमण चाहिँ होइन। किनकि, यौनजन्य संक्रमण र यौन पार्टनरबाट संक्रमण सर्नु फरक कुरा हो। कोरोना संक्रमण यौन सम्पर्क बेगरका चुम्बनलगायत यौनिक क्रियाकलाप संक्रमित यौन पार्टनरबाट सजिलै सर्न सक्छ। यौनजन्य संक्रमण भन्नका लागि यौन क्रियाको क्रममालिंग–योनि मैथुन, मुख मैथुन वा गुदद्वार मैथुनका क्रममा योनिरस वा वीर्यबाट सर्न आवश्यक छ।

विश्व स्वास्थ्य संगठनका प्रवक्ता क्रिस्टियन लिन्डमेइरले ‘न्युयोर्क टाइम्स’लाई बताएअनुसार कोरोना भाइरस खासमा यौन सम्पर्कबाट सर्दैन। अमेरिकाको ‘सेन्टर फर डिजिज कन्ट्रोलएन्ड प्रिभेन्सन’का अनुसार सात प्रकारका कोरोना भाइरस छन्। 

सबैजसो कोरोना भाइरसले मानिसको श्वासप्रश्वासलाई असर गर्छन्। अन्य संक्रामक रोगविज्ञले पनि यसमा सहमति जनाएका छन्। तर, कोरोना भाइरस श्वासप्रश्वास प्रणालीमा मात्र सीमित हुँदैन।संक्रमण सर्ने जोखिम कम भएपनि मानिसको दिसामा पनि कोरोना भाइरस भेट्टिएको कतिपय प्रमाण भने छन्।

संक्रमित व्यक्तिले सास फेर्दा, खोक्दा, हाच्छिउँ गर्दा नोभल कोरोना भाइरस नाक, मुखको छिटामार्पmत वरिपरि सर्छ। त्यस्तै छिटाका कण अन्य निरोगी मानिसमा श्वास लिनेक्रममा वा छिटा लागेको वरिपरि छुँदा सर्न सक्छ। त्यसो त ठोस वस्तुको प्रकृतिअनुसार भाइरस केही घण्टादेखि केही दिनसम्म रहन सक्ने देखिएको छ। त्यसैले पनि यौन क्रियाको क्रममा भाइरस सर्ने सम्भावना निश्चितप्रायः छ। किनकि,श्वासप्रश्वासको स्रावमा भाइरस रहने हुनाले यौन क्रियाकाक्रममा कोरोनासर्ने अनुमानगर्न सकिन्छ। अमेरिकी वयस्क मनोरञ्जन उद्योगको कर्मचारी संगठनका 

कार्यकारी निर्देशक मिसेल ब्लान्कले विश्वव्यापी महामारीको बेला सबै खालको वयस्क मनोरञ्जन उत्पादन स्वयंसेवी तवरमा बन्द गरीभाइरस संक्रमण रोक्ने कार्य सहयोग पु¥याउन भनेका छन्।

त्यसो भए आइसोलेसनको मतलब नो सेक्स हो त?कुनैपनि विषयमा विविधता चाहनेविषयमध्ये यौनिक व्यवहार पनि एक हो। 

मानिसलाई यौन सम्पर्क नराख्न सल्लाह त दिन सकिँदैन, तर सजिला खालका नयाँ स–साना परीक्षण गर्न भने सकिन्छ। मानिसको शरीरमा भाइरसभईकन पनि लक्षण चिह्न देखा नपर्न सक्छ।त्यसैले संक्रमण भए÷नभएको थाहा पाउने भरपर्दो माध्यम भनेको परीक्षणनै हो। तर,स्थायी पार्टनर, मानौँ कि श्रीमान्–श्रीमतीमा कोभिड–१९ को कुनैपनि लक्षण छैन, लामो समयदेखि घरमै बसिरहेका थिए भने तिनीहरूको यौन कार्य त्यति जोखिमपूर्ण हुँदैन।

कोरोना नियन्त्रणका लागि केही सावधानी अपनाएर हामीले योगदान पुु¥याउन सक्छौँ। भाइरसको संक्रमण रोक्ने उपायमध्ये कुनै काम गर्नु अघि÷पछि र बेला–बेलामा २० सेकेन्डसम्म राम्रोसँग मिचीमिची साबुन–पानीले हात धुनुनै हो। विश्व स्वास्थ्य संगठनले कतिपय विशेष अवस्थामा फेसमास्क प्रयोग गर्न सल्लाह दिएपनि जापानमा केही महिलाले मास्कको प्रयोग गरेर मेकअप नगरिएको अनुहार लुकाई यौनिक आकर्षण बढाउने प्रयास गरे। यसो गर्दा आकर्षण झन्घटेको पाइयो। त्यस्तै, मास्कमाथिबाटै चुम्बन गर्ने कार्य पनि कति सुरक्षित छ, कुनै ठोस प्रमाण छैन। कोभिड संक्रमण योनिरस र वीर्यबाट नसर्ने भनिएपनि अन्य जोखिम कम गर्नकन्डमप्रयोग आवश्यक छ।

त्यसो भए चुम्बन र यौन सम्पर्कको सट्टा उत्तेजक मसाज, अनलाइन यौनिक भलाकुसारी, एकअर्काले हस्तमैथुन गर्ने, यौनोत्तेजक फिल्म हेर्ने वा यौन सामग्री पढ्नेलगायत कार्यबाट पनि महामारीको बेलामा यौन चाहना मेटाउन सकिन्छ। कोभिड–१९ विरुद्ध खोप एवं निश्चित उपचार विकसित नभइसकेको वर्तमान समयमा कुनैपनि प्रकारको यौनजन्य गतिविधिबाट अनावश्यक जोखिम मोल्नु हुँदैन।

लकडाउन रसंकटपूर्ण समयमा पार्टनरसँगको संवाद निकै आवश्यक छ। विशेषगरीपार्टनरलाई सञ्चो छ÷छैन बुझ्नुपर्छ। अविवाहितपुरुषको हकमा लकडाउनको कारण डेटिङमा अप्ठ्यारो भएको हुन सक्छ। डेटिङ गर्दै हिँड्न यो उचित समय होइन। किनकि, नयाँ पार्टनरबाट संक्रमण सर्ने जोखिम बढ्न जान्छ। यदि महामारीबीच डेटिङ गरिएको छ भने कोसँग, कहाँ, कहिले, जानकारी राख्नु बुद्धिमानी हुनेछ।

तपाईको कमेन्ट