न्युटनको तेस्रो नियम

writer

सम्पूर्ण

बुधबार, २४ बैशाख २०७७


बाबुराम भट्टराई 
शासकको दीर्घायुनिम्ति स्वस्तिवाचन गर्ने र दक्षिणा ग्रहण गर्नेलाई विद्वत्भाषामा पुरोहित र ग्राम्यभाषामा टपरे बाहुन भनिन्छ ! तर, कतै पनि र कहिल्यै पनि नागरिक अगुवा भनिन्न । नागरिक अगुवाले सधैँ शासकलाई खबरदारी गर्छ, चाकरी हैन । 

विद्रोही
साम्यवादको कोरा सपना देखाएर पुँजीवाद र जातिवादमा रुमल्लिनुभएका तपाईंलाई चैँ के भनिन्छ ? अवसरवादी टपरे ?क्रान्तिको कार्यभार जहाँको तहीँ छाडेर पुँजीपतिहरूसँग घाँटी जोड्ने अनि अरूलाई गाली मात्र गर्ने ?


देवेन्द्रराज पाण्डे
केन्द्रमा शासक, नेता जेसुकै गरून् वा जतिसुकै गैरजिम्मेवार बनून्, स्थानीय सरकार, स्थानीय समुदायहरूले म आफूले अपेक्षा गरेको भन्दा उच्च स्तरको काम गरिरहेछन्, कोरोना संक्रमण नियन्त्रणको सन्दर्भमा । अलिकति सन्तोषको कुरा त्यही छ, आजको दिन, मेरा निम्ति अन्त्य हुने पलसम्ममा ।

मिश्र डीएन
स्थानीय तहमा केही विकृति भए पनि समग्रमा चलायमान नै छन् । तर, प्रदेश तह र जिल्ला समन्वय समितिले आफ्नो औचित्य पुष्टि गर्न सकेनन् । 


रञ्जु दर्शना
दलितलाई दलित भन्दा कारबाही हुने, तर बाहुनलाई ‘टपरे बाहुन’ भन्दा बाहुनले सहेर बस्नुपर्ने । मधेशी, दलित, जनजातिलाई हेपे सामन्ती रे, बाहुनलाई हेपे क्रान्ति रे !  

विकास विश्वकर्मा 
आफूलाई चाहिँ शब्दले नै मन दुख्ने तर अरू मानिसहरू दलित, जनजाति, मधेशी भएकै कारण हेपिनुपर्ने, कुटिनुपर्ने, मारिनुपर्ने कुराले चाहिँ कहिल्यै नदुख्ने ! किन होला है ?


नारायण अमृत
मे दिवसमा सम्माननीय प्रमको कविताः अब आँशु खसाउनुपर्दैन । 
टिप्पणीः विभेद, अभाव, अन्याय, बढ्दो भ्रष्टाचार र सारा कष्टहरूले झारेका आँशु पिइदिए पुग्छ । आफ्ना आँशु । 

सुमन खतिवडा
आँशु खसाउँदै भोकै सयौँ किमी हिँड्दा रहस्यमय देख्ने सरकार हुँदा आँशु खसाउनुको अर्थ पनि छैन नि, हैन ?


 

तपाईको कमेन्ट

मुख्य समाचार