दीपक–धुर्मुस शीतयुद्ध

writer

सम्पूर्ण

शुक्रबार, १९ बैशाख २०७७


लकडाउनमा दीपकराज गिरीले धमाधम स्क्रिप्ट लेखिरहेको खबर छ । तर, यसमा पनि दिनमा फेसबुकमा दुईचार वटा स्ट्याटस नलेखी उनलाई निन्द्रा लाग्दैन ।

यिनै स्ट्याटस हुन्छन्, जसले उनलाई विवादमा ल्याउँछन् । तर, यो हप्ता उनी विवादमा आए, धुर्मुस (सीताराम कट्टेल) का बारेमा बोलेर । कमेडियन भएका नाताले आजभोलि उनको तुलना धुर्मुससँग हुने गरेको छ । तर, उनलाई यो तुलना सह्य छैन । उनका बेला–बेलाका अभिव्यक्तिले यही संकेत गर्छन् । फेसबुक सञ्जाल एमआरआरसँगको कुराकानीमा यही सत्य पुनरावृत्त भयो । एउटा अनलाइनमा छापिएको एमआरआर  (मेन्स रुम रिलोडेड) सदस्य र दीपकबीचको कुराकानीमा उनले कतै पनि धुर्मुसले गरिरहेको कामको तारिफ गरेनन्, बरु उल्टै धुर्मुसको जस्तो समाजसेवा नगर्ने घोषणा गरे । सारा नेपालीले धुर्मुसको समाजसेवालाई धाप मारिरहेका बेला आएको दीपकको यस अभिव्यक्तिले आलोचना होइन, ईष्र्या जनाउँछ । अझ उनले त धुर्मुसलाई कि फिल्म बनाउन कि समाजसेवा गर्न सल्लाह पनि दिएका थिए ।

 ‘सेन्टी भाइरस’ नहेरी सुरुमै फर्किएपछि दीपक र धुर्मुसको मनमुटावको छनक धेरैले पाएका थिए । दीपकको यो अभिव्यक्तिले पक्का भयो, दुईबीच राम्रै शीतयुद्ध छ । कमेडियनहरू बाहिरबाट हेर्दा त एकै देखिन्छन्, तर यहाँ चाहिँ के भएर कुरा बिग्रेछ ? 

तपाईको कमेन्ट