न्युटनको तेस्रो नियम

writer

सम्पूर्ण

बुधबार, १७ बैशाख २०७७


गगन थापा 
अध्यादेश फिर्ता ! अनि धन्यवाद ! सांसद् उठाउनेलाई गाली, तर बालुवाटारमा बसेर षड्यन्त्रका तानाबाना बुन्ने र आदेश दिनेलाई भने सलामी ! तैँ चुप, मै चुप ! सबै खत माफ ! राजनीतिको विकृत धन्दा त यसरी चल्ला, तर वैधता गुमाएको कमान्डरबाट न यो महासंकट पार लाग्छ, न त संविधानको भक्षकबाट यसको रक्षा नै हुनेछ । 

सागर शर्मा 
एकपटक आफ्नो दलका सभापतिको अनुहार हेर्नुहोस् । प्रजातन्त्र थालीमा हालेर दरबारमा बुझाएको सम्झना गर्नुहोस् । जम्बो मन्त्री मण्डलको चित्र हेर्नुहोस् । लाउडा, धमिजादेखि वाइड बडी काण्ड हेर्नुहोस् । अनि, सिसाको घरमा बसेर अरूलाई ढुंगा नहान्नुहोस् । नेपाली कांग्रेसको शासन जनताले राम्रोसँग भोगेका हुन् । 


 

दोस्रो दर्जाकी बबिता राई
आमाको देवत्वकरणको राजनीति कहिले बन्द गर्छाैं र उनलाई एक सामान्य मानवका रूपमा स्विकार्न थाल्छौँ ? आफूले गुमाएको सार्वभौमसत्ताको खोजी आमाहरूले गर्न थाले त्यसपछि उत्पन्न हुने द्वन्द्व झेल्न तयार हुन्छौँ ?

कोभिन्डे
‘आमा’ र ‘महिला’को अर्थ फरक छ, हैन र ? यदि छ भने किन एकैठाउँमा मिसाउन खोज्नुभाको हो ? 


 

सरोजराज अधिकारी
कानुन पालना गराउने निकायको पूर्वहाकिमले हाकाहाकी सांसद् ‘अपहरण’को जिम्मेवारी किन लिइरहेका छन्, थाहा छ ? उनलाई ‘म मुलुकको शक्तिशाली मानिसको अपराधकर्म विभागको खास पन्टर हुँ’ भनेर दुनियाँलाई सुनाएर आफ्नो प्रभाव बढाउनु छ । यसमा बालुवाटारको सरदार र सेवकको मौनता स्वीकृतिको संकेत हो ?! 

विज्ञान दाहाल 
खनालको राजनीतिक प्रवेश हो यो, स्वागतयोग्य छ । उनी स्वयम्को निर्णय हो । यसमा तपाईं वा मैले टाउको ठोक्न जरुरी छैन ।


किशोर नेपाल
एकथरी जनता प्रम ओलीले प्रचण्डलाई आफ्नो ताकत देखाइदिए भनेर दंग छन् भने अर्काथरी प्रम ओलीको मुखारविन्दबाटसरकारले कोरोनाकालमा जनतालाई ८० करोड राहत बाँडेको सुनेर अचम्म परेका छन् । ८० करोडको के खाए होलान् जनताले ?

सुदीप ढकाल (एक आर्य)
नेपाली जनताले खाएको त असिना मात्रै हो अनि पाएको चाहिँ दुःख र सास्ती हो, जो पूर्वबाट हिँडेर सुदूरपश्चिम पुगे ।


 

तपाईको कमेन्ट

मुख्य समाचार