लकडाउनमा ‘डिजिटल’उपचार

writer

अस्मिता खड्का

शुक्रबार, १२ बैशाख २०७७


लकडाउनका कारण पछिल्लो समय डाक्टर, स्वास्थ्यकर्मीलगायतले ‘भर्चुअल’ स्वास्थ्य सेवा दिन थालेका छन्।‘टीडीओ नेपाल’, ‘नेपाल फाइट्स कोरोना’, ‘घरमै औषधि’, ‘अनलाइन उपचार’, ‘हाम्रो डाक्टर’, ‘दवाई २४’ र ‘मेडिडक नेपाल’ सेवा सञ्चालनमा आएका छन्। जसलेऔषधि, उपचारबारे अनलाइनमार्फत परामर्श दिइरहेका छन्। 

परामर्श र उपचारमा ‘टीडीओ’
मल्टिनेसनल सेवाप्रदायकका रूपमा स्थापित  ‘टप डाक्टर्स अनलाइन (टीडीओ)’सन् २०१९ को अप्रिलमा सञ्चालनमा आएको हो। देशको जुनसुकै ठाउँबाट जतिबेला पनि आफ्नो स्वास्थ्य समस्या डाक्टरलाई बताएर परामर्श लिन सकिने सेवा यसले दिइरहेको छ।यसलेप्रत्यक्ष डाक्टर र अस्पतालको पहुँच नभएका बिरामीलाई अनलाइन र फोनमार्फतस्वास्थ्य परामर्श दिन्छ। बिरामीले अनलाइन र फोनबाट आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी र रिपोर्ट पाउन सक्छन्। 

कोराना भाइरसको संक्रमण बढिरहेका बेला शारीरिक दूरी कायम राख्न टेलिमेडिसिन परामर्शका लागि टीडीओकैसहकार्यमा ‘नेपाल फाइट्स कोरोना’ पनि सञ्चालनमा आएको बताउँछन्, टीडीओ नेपालका संयोजक केन सुवेदी। ‘यो सेवा यही अप्रिलदेखि सञ्चालनमा आएको हो,’ उनले भने,‘देशका अधिकांश अस्पतालमा आपत्कालीनबाहेकओपीडीसेवा बन्द छन्। बिरामी नियमित चेकजाँचका लागि डाक्टरको पहुँचबाट टाढा छन्। बिरामीले स्वास्थ्यसँग सम्बन्धित समस्या र विभिन्न जिज्ञासाका लागि हामीले अनलाइन सेवा सुरु गरेका हौँ।’

अहिले घरबन्दीका बेला ‘भर्चुअल’ स्वास्थ्य सेवा दिने प्लेटफर्मबाट थुप्रै बिरामीले सेवा प्राप्त गरेका छन्। अनलाइन र फोनबाट स्वास्थ्य परामर्श लिन सकिन्छ।


टीडीओले निःशुल्क परामर्श दिने गर्छ। आफ्नो जिज्ञासाका लागि वेब पोर्टलमा भनिएबमोजिम लक्षण र प्रश्नको जवाफ दिएरआफ्नो स्वास्थ्यअवस्थाबारे घरमै बसेर थाहा पाउन सकिन्छ। यति मात्र नभई नेपाल फाइट्स कोरोनाका प्रयोगकर्ताका लागि‘च्याटबोट’समेत उपलब्ध गराएको छ।विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र स्वास्थ्य मन्त्रालयले प्रकाशन गरेको निर्देशिका अनुरूप निर्माण गरिएको च्याटबोट प्रश्नोत्तर उपकरणमार्फत कोभिड–१९जाँच गर्न प्रयोग गर्न सकिने संयोजक सुवेदी बताउँछन्। 

टीडीओ नेपालले गतहप्तासम्ममात्र रुघाखोकी, ज्वरो र कोभिड–१९ सँग सम्बन्धित तीन हजारभन्दा बढी बिरामीलाई परामर्श दिएको संयोजक सुवेदी बताउँछन्। ‘हरेक दिन बिहान ६ बजेदेखि राति १२ बजेसम्म आफ्ना प्रयोगकर्तालाई अनलाइन र फोनबाट सहयोग गर्दै आएका छौँ,’ उनले भने, ‘हरेक दिन चारपाँच सय बिरामीले परामर्श लिने गरेका छन्। हामीले घरैबाट दक्ष डाक्टरमार्फत त्यो सेवा दिइरहेका छाँै।पीपीई लगाएर उच्च रक्तचाप र बाथरोगका बिरामीको रगत जाँच पनि गरिरहेका छौँ।’ यो सेवा काठमाडाँै उपत्यकाभित्र र बाहिरका मुख्य शहरमा मात्र सुचारु भएको सुवेदी बताउँछन्।‘हामीले आफूसँग दर्ता भएका अस्पताल, डाक्टर र बिरामीबीच पुलको काम गरेका छौँ,’ उनले भने।

टीडीओमाहालछ जना डाक्टर र छ जना कस्टोमर केयर हेल्पलाइन उपलब्ध छन्। साथै, यसले स्वास्थ्यसँग सम्बन्धित विभिन्न खोजमूलक सामग्री र स्वस्थ जीवनशैलीका लागि खानपान टिप्स पनि आफ्नो साइटमा उपलब्ध गराउने गर्छ। 

सन् २००९ देखि भारतमा र अन्य एसियाली मुलुकमा पनि टीडीओले अनलाइनमार्फत सेवा दिँदै आएको छ।टीडीओ नेपालको मोबाइल एप डाउनलोड गरेर सेवा लिन सकिन्छ। 

घरमै औषधि पुर्‍याउने‘अनलाइन उपचार’ 
‘अनलाइन उपचार’पनि एउटा डिजिटल प्लेटफर्म हो। यसले एकवर्षअघिदेखि सेवा  सुचारु गरेको हो। कोरोना भाइरसले महामारीको रूप लिन थालेपछि तीनचार महिनाअघिदेखि आपूmहरू सक्रिय रूपमा लागेकोअनलाइन उपचारका जनरल म्यानेजर सचिन खड्काले बताए। ‘हामी बिरामी÷ग्राहकलाई औषधि सप्लाई गर्छौं,’ उनले भने,‘उनीहरूको अर्डरअनुसार आपूmसँग उपलब्ध मेडिकल सामान घरसम्मै पुर्‍याइदिन्छाँै। त्यसका लागि बिरामी अथवा ग्राहकले हामीसँग अनलाइनमा जोडिनुपर्ने हुन्छ। फेसबुक र फोन कलमार्फत हामीसँग जोडिन सकिन्छ।’बिरामीको लक्षण, मेडिकल रिपोर्ट र प्रिस्क्राइब्ड औषधि मात्र वितरण गर्दै आएको उनले बताए। 

हाललाई अनलाइन उपचारको सेवाकाठमाडौँ उपत्यकाभित्र मात्र सीमित छ। ‘हाम्रो सेवा लिन पैसा लाग्दैन,’ खड्काले भने,‘हामीले निःशुल्क होम डेलिभरी गर्दै आएका छाँै। औषधि र मेडिकल सामानको मूल्य मात्र लिन्छौँ। सामान अर्डर गर्दा पनि पैसा लाग्दैन।’

यसबाहेक अनलाइन उपचारले ल्याब टेस्ट पनि सुचारु गरेको छ। लकडाउनको बेला आफ्ना स्टाफलाई घर–घरमै पठाएर ल्याब टेस्ट गर्ने गरेको खड्काले बताए।‘हाम्रा स्टाफलाई घरमै बिरामीको स्याम्पल कलेक्ट गर्न पठाउँछौ,’ उनले भने,‘क्लिनिक अथवा अस्पतालमा पुर्‍याएर ल्याब टेस्ट गराइदिन्छौँ। थप परीक्षण र उपचारका लागि सम्बन्धित डाक्टरसँग पनि परामर्श र जाँच गर्ने सुविधा सञ्चालन गरिरहेका छाँै।’

‘मेडिडक’को डिजिटल स्वास्थ्य सेवा 
‘मेडिडक नेपाल’ स्वास्थ्यसम्बन्धी मोबाइल एप्लिकेसन हो। यसका लागि प्रयोगकर्ताले अनलाइनबाटै सीधै डाक्टरसँग परामर्श लिन समय निश्चित गर्न सक्छन्।अस्पताल वा क्लिनिकमा गएर डाक्टरका लागि निकै समय कुर्नुपर्ने झन्झटबाट मुक्ति पाउन मेडिडकले डिजिटल सेवा सुचारु गरेको हो। यसका प्रयोगकर्ताले ल्याबमा जाँच गरेको रिपोर्ट आफ्नै मोबाइल एपमा पाउन सक्छन् भने पुरानो रिपोर्ट डाक्टरसँग सेयर गरी थप परामर्श लिन सक्छन्। 

मेडिडकमा हालसम्म ५० भन्दा बढी क्लिनिक आबद्ध छन्। साथै, यसले थर्मोमिटर, ग्लुकोमिटरलगायत स्वास्थ्य सामग्री पनि बिक्री–वितरण गरिरहेको छ। कम्पनीलेआफ्नो सेवाअनुसार ल्याब टेस्टका लागि घरमै गएर नमुना लिने गरेको छ। यस सुविधाका लागि बिरामीले फोनमार्फत सम्पर्क गर्नुपर्ने हुन्छ।

मेडिडक नेपालमा आबद्ध हुन चाहनेका लागि कम्पनीले प्रयोगकर्ताको सहजता लागि दुई वटा मोबाइल एप बनाएको छ– मेडिडक नेपाल भिजिटर। यो बिरामीको प्रयोजनका लागि हो। अर्को, मेडिडक नेपाल प्रोफेसनल एप। जो अस्पताल, डाक्टर, ल्याब र क्लिनिकले प्रयोग गर्न सक्छन्। परामर्श लिन अनलाइनबाट समय लिँदा ई–सेवा अथवा अस्पताल, क्लिनिक र ल्याबमा गएर पैसा तिर्न सकिन्छ। 

तपाईको कमेन्ट