भाइरस भर्सस ट्राफिक

writer

सुमित सुवेदी

बुधबार, ०३ बैशाख २०७७


लकडाउनको पूर्ण पालना गराउन सडकमा ट्राफिक प्रहरी खटिएका छन्। कोरोना भाइरस विरुद्धको लडाइँमा खटिरहेका उनीहरू व्यक्तिगत सुरक्षाका उपाय अपनाइरहेका छन्।


कोराना भाइरसको संक्रमणबाट बच्न सामाजिक दूरी अर्थात् ‘सोसल डिस्ट्यान्सिङ’ महत्त्वपूर्ण मानिएको छ। कोराना भाइरस प्रभावित विभिन्न देशले ‘लकडाउन’ गरेका छन्। संक्रमण फैलिन नदिन चैत ११ यता नेपालमा पनिघरबन्दी गरिएको छ। नागरिकले लकडाउन पूर्ण रूपमा पालन गरून् भनेर सडकमा सुरक्षाकर्मी खटिएका छन्। अत्यावश्यक र पास बनाइएका सवारीसाधनबाहेक अरू आवतजावतरोक्न ट्राफिक प्रहरी सडकमा अहोरात्रखटिइरहेको महानगरीय ट्राफिक महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए।

लकडाउनकार्यान्वयन गराउन ट्राफिक प्रहरीले सम्पूर्ण जनशक्ति लगाएको उनले बताए। ‘अहिले उपत्यकाका १ सय ४८ स्थानमा प्वाइन्ट ड्युटी, ३९ वटा स्थानमा चेक प्वाइन्ट राखेका छौँ,’ एसएसपी ढकालले भने, ‘सिभिल प्रहरीसँग सहकार्य गरेर ४२ ठाउँमा संयुक्त चेकिङ गरिरहेका छौँ।’ ट्राफिक प्रहरीले प्रशासनिक तवरबाट गर्ने सम्पूर्ण जिम्मेवारी इमानदारीसाथ पूरा गरेको उनको दाबी छ।

आन्तरिक व्यवस्थापन

ट्राफिक प्रहरीले आन्तरिक सुरक्षामा पनि धेरै सावधानी अपनाएको छ। कोरोना संक्रमण हुन नदिन ट्राफिक प्रहरीले विभिन्न कदम चालिरहेको एसएसपी ढकालले बताए। ‘पहिले मापसे चेक गरिन्थ्यो,’ उनले भने, ‘तर, अहिले कोरोना सर्नसक्ने सम्भावना भएकाले तत्कालका लागि त्यसलाई स्थगित गरेका छौँ।’ त्यस्तै, मापसे र लेन मिच्नेलाई लिने कक्षा पनि तत्कालका लागि बन्द गरिएको छ। हाल नागरिक कागजपत्र लिन ट्राफिक प्रहरी कार्यालयमा जान पाउनेछैनन्। ‘कागजपत्रको काम हुँदा जम्मा हुने सम्भावित भीडलाई ध्यानमा राखेरयो व्यवस्था गरेका हौँ,’ उनले भने।

ट्राफिक प्रहरीले कार्यालयमा रहँदा होस् वा ब्यारेकमा बस्दा,विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र नेपाल स्वास्थ्य विभागबाट जारी भएका सुरक्षाका उपाय अपनाउने गरेको पनि ढकालले बताए। ‘हरेक ट्राफिक प्रहरीलाई डब्लूएचओद्वारा बताइएका सुरक्षा उपायबारे सिकाएका छौँ,’ उनले भने,‘उनीहरूले हरेक दिन ती उपायपालना गरेका छन्।’

ट्राफिक प्रहरी कार्यालयले डीएसपीको कमान्डमा कोरोना समन्वय डेस्क स्थापना गरेको छ, जसमा ट्राफिक प्रहरीका सम्पूर्ण कर्मचारीको स्वास्थ्य अवस्थाअनुगमन गर्ने, परीक्षणगर्ने, सहजीकरण गर्नेलगायत काम गर्ने गरिएको ढकालले बताए।

त्यस्तै, ट्राफिक महाशाखामा पनि एउटा स्वास्थ्य हेल्प डेस्कस्थापना गरिएको छ। सो डेस्कमा पीपीई लगाएर ट्राफिक प्रहरी ड्युटीमा खटिरहेका छन्। ‘कार्यालयमा छिर्ने जोकोही, चाहे नागरिक होस् वा प्रहरी कर्मचारी,को पीपीई लगाएका जवानले थर्मल डिटेक्टरले तापक्रम चेक गर्छन्,’ ढकालले भने ‘उच्च तापक्रम देखिएर शंका लागेमा तत्काल उपचारका लागि लैजान्छौँ।’

सम्पूर्ण ट्राफिकको स्वास्थ्य परीक्षण गर्नेव्यवस्था पनि गरिएको छ। ब्यारेकलाई पनि डब्लूएचओको मापदण्डअनुसार व्यवस्थापन गरिएकोएसएसपी ढकालले बताए। ‘ब्यारेकका पनि हरेक बेडलाई कम्तीमाएक मिटरको दूरीमा राखिएको छ,’ उनले भने, ‘यसो गर्नाले कुनै एक जवानबाट अर्कोमा रोग सर्ने सम्भावना कम भएर जान्छ।’

ट्राफिक प्रहरीले २५ बेड भएको क्वारेन्टिनको पनि व्यवस्था गरेको छ।जहाँ संक्रमणको शंका लागेका कर्मचारीलाई आइसोलेसनमा राखिनेछ।ट्राफिक प्रहरीका २४ वटै युनिटका प्रहरीलाईलक्षण देखिएमा तत्काल प्रहरी अस्पतालमा निःशुल्क चेकजाँचको व्यवस्था पनि गरिएको ढकालले बताए।

संक्रमणको सम्भावनालाई कम गर्न हरेक दिन प्रहरीहरूको स्वास्थ्य परीक्षण भइरहेको उनले बताए। ‘संवेदनशील भएर काम गरिरहेका छौँ,’ उनले भने, ‘हरेक दिन कर्मचारीको स्वास्थ्य अवस्था चेक गर्ने गरेका छौँ।शंका लाग्यो भने हस्पिटल लैजाने व्यवस्थामिलाएकाछौँ।’

ट्राफिक प्रहरीले सावधानीपूर्वक कदम चालिरहेको ढकालको भनाइ छ। ब्यारेकमा मात्र नभएर डेरामा बस्ने सुरक्षाकर्मीलाई पनि सुरक्षाका उपायअपनाउन भनिएको छ। ‘हाम्रा ४४ वटै युनिटमा साबुन–पानीले हात धुने व्यवस्था सुरुदेखि नै मिलाएका छौँ,’ उनले भने,‘ट्राफिकद्वारा त्यसको पालना पनि भएको छ।’

ट्राफिक प्रहरीले आफ्ना सबै युनिटमा मास्क पनि वितरण गर्दै आएको छ।संकटको समयमा सडकमा खटिने प्रहरीको मनोबल बढाउन कतिपय स्थानमा आफँै पनि जाने ढकालले बताए। ‘सडकमा खटिनेट्राफिक प्रहरीको मनोबल बढाउन सम्झाउने–बुझाउने गरेका छौँ,’ उनले भने।

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि