पठनपाठन किन सुचारु नगर्ने ?

सम्पूर्ण
बुधबार, ०३ बैशाख २०७७
कोरोना महाव्याधिबाट जोगिन हामी तीन सातादेखि लकडाउनमा छौँ। यस अवधिमा नयाँ संक्रमितको संख्यापनिकेही बढ्यो। घरबन्दी अझै लम्बिने स्थिति छ। यसलाई खुकुलो बनाउँदा पनिआवतजावतमा प्रतिबन्ध (ट्राभल रेस्ट्रिक्सन) लगाउने सरकारको रणनीति छ। कोरोना भाइरसको संक्रमणबाट जोगिन अपनाउनुपर्ने ‘सोसल डिस्ट्यान्सिङ’ लाई कति समयसम्म अपनाउनु पर्ने हो, कुनै टुंगो छैन। संक्रमण नियन्त्रणमा आइसक्दा पनि सम्भावित जोखिमबाट टाढारहन सामाजिक दूरी कायम गर्नुपर्ने अवस्था छ।यस्तो अवस्थामा कक्षाकोठामा कोचाकोच गरेर अध्ययन गर्ने विद्यार्थीको पठनपाठन कसरी सुचारु गर्ने भन्ने चिन्ता सर्वत्र छ।
एसईई परीक्षा दिन तयारी गरेर बसेका थिए, देशभरिका विद्यार्थी। परीक्षासुरु हुनुभन्दा एक दिनअघिमात्र स्थगित भएको थियो। उनीहरू अहिले कुन मनोविज्ञानमा घरमा बसिरहेका छन्? यसतर्फ पनि हाम्रो ध्यान जानुपर्छ। विद्यालय शिक्षालाई एसएलसी परीक्षाको ‘आइरनगेट फोबिया’ बाट पर राख्न नीतिगत प्रयास भएपनि त्यो व्यवहारमा लागू हुन सकेको छैन। कक्षा १० को परीक्षालाई विद्यालय शिक्षाको एउटा कक्षा सकिएर अर्को कक्षामा उक्लिने परीक्षाका रूपमा लिन अभिभावक तथा विद्यार्थी तयार देखिँदैनन्। वर्षौंदेखि एसएलसी परीक्षालाई जुन महत्त्वका साथ प्रचारप्रसार गरियो, त्यसको असर अहिले एसईई परीक्षा दिने विद्यार्थीमा पनि देखिन्छ।
यस्ता महाव्याधिले यसअघि हामीले गर्दै आएका कतिपय काममा नयाँ फड्को मार्ने तथा पुराना ढाँचा र ढर्रालाई नयाँले विस्थापित गर्ने अवसर पनि दिन्छन्। कोरोना प्रकोपकै क्रममाइन्टरनेटको माध्यमबाट गरिने कारोबारले महत्त्व पाएको छ। अनलाइन भुक्तानी तथा किनमेलमा मानिसहरूको ध्यान गएको छ। यही बेला हामीले शिक्षण प्रणालीलाई डिजिटल पद्धतिमा लान सक्ने प्रचुर सम्भावना छ। यस सम्भावनालाई यही विपत्का बेला अगाडि बढाउन सकियो भने नेपालको शिक्षण प्रणालीमा ठूलो फड्को साबित हुनेछ।
लकडाउनमा केटाकेटीलाई कति दिन अलमलाएर राख्ने ?स्कुल तथा कलेजमा अध्ययन गर्नेहरूको सिकाइ कति दिन अवरुद्ध गरिराख्ने ?यसतर्फ सरोकारवाला पक्षको ध्यान जान जरुरी छ। सन् १९७० को दशकमा पश्चिमी देशहरूमा शिक्षालाई प्रविधिमा लाने बहस सुरु भएको थियो। हामीले ५० वर्षपछि यो मौका पाएका छौँ। यसलाई अघि बढाउन सकियो भने यस महाव्याधिले शिक्षा क्षेत्रमा हामीलाईनयाँ बाटोमा लाग्न अभिप्रेरित गरेको ठहर्छ। २०७२ सालको महाभूकम्पका कारण विद्यालय भवनहरू ध्वस्त भएपछि पनि दूर शिक्षण विधिबारे बहस उठेको थियो। तर, त्यसले निरन्तरता पाएन। विद्यालय भवन पुनर्निर्माण भएपछि र भूकम्पपछि खुला आकाशमुनिनै विद्यार्थीलाई पढाउने काम गरियो। तर, अहिले परिस्थिति नै निश्चित दूरी कायम गर्नुपर्ने भएकाले विद्यार्थी जो जहाँ छन्, उनीहरू बसेकै ठाउँमा सिकाउने विधि अपनाउनु अपरिहार्य भएको छ।
शिक्षाविद् विद्यानाथ कोइराला विद्यार्थीको वर्ग सात घेराको रहेको र सबै घेराकालाई फरक–फरक तरिकाले पढाउनुपर्ने सुझाव दिन्छन्। कोइराला अतिविपन्न जसको घरमा रेडियो समेत नभएको, रेडियो प्रयोग गर्न सक्ने, टिभी प्रयोग गर्ने, फोनको पहुँच भएको, कम्प्युटर प्रयोग गर्न सक्ने, अनलाइन पहुँच भएको र सबै सुविधा प्रयोग गर्न सक्ने विद्यार्थीकालागिपृथक्–पृथक् ढंगले पढाउन सकिने बताउँछन्। रेडियो सुविधासमेत नभएका अतिविपन्न विद्यार्थीलाई स्थानीय टोलमा भेला गरेर त्यही टोलको स्वयंसेवक शिक्षकको व्यवस्था गरेर पढाउन लगाउन सकिने सुझाव उनको छ। विद्यालय शिक्षाको जिम्मेवारी स्थानीय सरकारमा रहेकाले उनीहरूले स्थानीय तहमा रहेका रेडियो तथा टेलिभिजनका माध्यमबाट पठनपाठन गराउने व्यवस्था मिलाउन सक्छन्। विशेष गरेर, शिक्षकहरूले आफूलाई थोरै प्रविधिमैत्री बनाउने हो भने घरभित्र रहेका प्रत्येक विद्यार्थीलाई उनीहरूको रुचिअनुसार पढाउन सकिन्छ। अहिले कतिपय युवा कलाकारले फेसबुक लाइभमार्फतचित्र बनाउन सिकाइरहेका छन्। टेलिभिजन हेर्न पाउने सुविधा भएका विद्यार्थीका लागि क्लासरुममा पढाएजसरी नै शिक्षकले विद्यार्थीलाई पढाउन सक्ने शिक्षाविद् कोइरालाको सुझाव छ। रेडियो तथा टेलिभिजनबाट‘वान वे’ शिक्षण सजिलै गर्न सकिन्छ भने इन्टरनेटको प्रयोग गर्न सक्नेका लागि तत्कालै विद्यार्थीका जिज्ञासाहरूको पनि समाधान गर्न सकिन्छ भन्दै उनले कतिपय रेकर्ड गरिएका शिक्षण सामग्री उपलब्ध गराएर पनि विद्यार्थीहरूको सिकाइलाई निरन्तरता दिन सकिने उपाय सुझाएका छन्।
कोभिड–१९ महाव्याधिविरुद्धको यो लडाइँमा हामीले प्रविधि प्रयोग गरेर सफलता हात लाग्ने क्षेत्रमा फड्को मार्न सक्यौँ भने त्यसबाट पनि हामी महाव्याधिको क्षतिलाई कम गर्न सक्ने स्थितिमा पुग्छौँ। कक्षाकोठामा ४० जना विद्यार्थीलाई शिक्षण गर्ने शिक्षकले एकैपटक हजारौँ विद्यार्थीलाई पढाउन सक्ने अवस्था बन्छ। यो विपत्बाट पाठ सिक्ने हो भने हामीले आजैदेखि उपलब्ध स्रोत र साधनको माध्यमबाट प्रविधिको प्रयोग गरेर विद्यार्थीलाई पढाउन थाल्नुपर्छ।
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७ -
नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंलाई
शनिबार, १३ भदौ २०७७