लेखक मार्क ट्वेनको जीवनमा पुच्छ्रेताराको अनौठो संयोग

सम्पूर्ण
शनिबार, १५ चैत २०७६
अमेरिकी लेखक मार्क ट्वेनको जीवनमा एउटा पुच्छ्रेताराको अनौठो संयोग जोडिएको थियो । हरेक ७५ वर्षमा देखिने हेलीको पुच्छ्रेतारा सन् १८३५ मा देखिएको केही समयपछि मार्क ट्वेन त्यही साल जन्मेका थिए ।
अमेरिकी आधुनिक साहित्यको जन्मदाता मानिइने उपन्यास ‘हकलबेरी फिन’का लेखक ट्वेनले सन् १९०९ मा एक लेखमार्फत आफ्नो मृत्युको भविष्यवाणी गरेका थिए । अब्बल व्यंग्यकार उनले लेखेका थिए, ‘म हेलीको पुच्छ्रेतारासँगै सन् १८३५ मा जन्मिएको थिएँ । अर्काे वर्ष अर्थात् सन् १९१० मा यो पुच्छ्रेतारा फेरि देखिँदै छ । म पनि यस पुच्छ्रेतारासँगै संसारबाट बिदा हुनेछु । यसो भएन भने यो मेरो जिन्दगीको सबैभन्दा ठूलो निराशा हुनेछ । ईश्वरले मलाई हेलीको पुच्छ्रेतारासँगै माथि बोलाउने बताएका छन् । उनले मलाई भनेका छन्, ‘दुई गैरजिम्मेवार सन्की प्राणी सँगै आएका थिए । यी दुई जान पनि सँगै जानेछन् ।’
नभन्दै सन् १९१० मा हेलीको पुच्छे्रतारा देखिएको केही समयपछि नै महान् लेखक ट्वेनको निधन भयो । उनको जन्म र मृत्युमा पुच्छ्रेताराको यो संयोग अनौठो थियो ।
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७