कोरोनाको जन्तर  बेच्ने बाबा

writer

सम्पूर्ण

शनिबार, १५ चैत २०७६


महामारीमा अन्धविश्वासको खेती गर्ने पनि हुन्छन्। भारत, लखनऊमा एक जना बाबा भ्रमको व्यापार गरिरहेका थिए। उनी आफूलाई ‘कोरोनावाले बाबा’ भन्ने गर्थे। 
डालीगञ्जका अहमद सिद्दिकीलाई उत्तर प्रदेश प्रहरीले केही साताअघि पक्राउ गर्‍यो। तथाकथित कोरोनावाले बाबा आफूले कोरोना भाइरसको उपचार गर्ने दाबीसाथ भ्रम छरिरहेका थिए। उनी ११ रुपैयाँ भारु पर्ने जन्तर बेचिरहेका थिए। सोझासाझा जनतालाई ठगिरहेका थिए। प्रहरीले उनलाई ठगीको आरोपमा पक्राउ गरेको थियो। 
उनले आफ्नो पसलबाहिर कोरोना भाइरसको जन्तर पाइने व्यहोराको बोर्ड लगाएका थिए। त्यसमा लेखिएको थियो– ‘कोरोनाबाट बच्नका लागि सिद्ध गरिएको जन्तर यहाँ पाइन्छ। यो जन्तरले कोरोनाबाट जोगाउँछ।’ 
भारत पनि विचित्रको देश छ। यहाँ कोही कोरोना भाइरसबाट बच्न गौमूत्र पार्टी गर्छन्, कोही जन्तर बेच्छन्। अन्धविश्वासको बजार यहाँ सधैँ गुलजार देखिन्छ। 

तपाईको कमेन्ट