‘सवारीको चाप नहुँदा कस्तो कस्तो लाग्ने रैछ’

writer

सम्पूर्ण

शनिबार, १५ चैत २०७६


शोपबहादुर खत्री, ट्राफिक प्रहरी महानगरीय ट्राफिक परिसर, सिंहदरबार, काठमाडौँ

आरामै हुनहुन्छ, सर ?
आरामै छु।
 
कता बस्नुहुन्छ ?
अहिले त अफिसमै बस्ने गरेको छु।

घर चाहिँ कता प¥यो सरको ?
प्युठान।

ट्राफिक प्रहरीमा काम गर्न थालेको कति वर्ष भयो ?
छ वर्ष।

ट्राफिक प्रहरी भएपछि पहिलो पटक कहाँ ड्युटी प¥यो ?
गौशालाचोकमा परेको थियो। चाबहिलसम्म हेर्नुपरेको थियो। 

गौशाला एरियामा सवारीसाधनको चाप कत्तिको हुन्छ ?
एकदमै हुन्छ नि ! यो त एकदमै व्यस्त सडक हो। 

यति धेरै जाम हुने ठाउँमा सुरुकै दिन ड्युटी पर्दा आत्तिनुभयो कि ?
त्यति धेरै त आत्तिइनँ। हल्का अप्ठ्यारो लागेको थियो।

गौशालामा कति समय ड्युटी गरियो।
चार वर्ष।

अहिले कहाँसम्म ड्युटी पर्छ ?
सिंहदरबार, माइतीघर, भद्रकालीसम्म।

गौशाला र सिंहदरबारमध्ये ड्युटी गर्न कहाँ सजिलो छ ?
सिंहदरबारमै सजिलो छ।

किन ?
यहाँ ट्राफिक लाइट छ। दिनभरि हातले इसारा गरिरहनुपर्दैन।

अहिले जताततै कोरोनाको सन्त्रास छ ? 
हो नि !

परिवारले ‘घर आउनू’ भन्छन् कि ?
राम्रोसँग बस्नू भन्छन्। 

कोरोनाको चर्चापछि ट्राफिक प्रहरी सरसफाइमा कत्तिको सचेत भएका छन् ?
हामी त झन् दिनभरि धुलोमाटो, भीडमा काम गरिरहने मान्छे हौँ। हामीले त सरसफाइमा विशेष ध्यान पु¥याउनुपर्छ। अहिले सबैले छिनछिनमा हात धुने, स्यानिटाइजर प्रयोग गर्ने गरेका छन्। मास्क त पहिला पनि लगाइन्थ्यो। कोरोना संक्रमणको हल्लापछि झनै लगाउने गरेका छौँ। 

अहिले त सडकमा सवारीसाधन कमै छन् नि ?
सरकारले सार्वजनिक बिदा घोषणा गरेयता सवारीसाधनको चाप घटेको छ। सर्वसाधारण पनि सचेत भएका छन्। त्यसैले सडकमा पैदलयात्री पनि कम छन्। सडकमा सवारीको चाप नहुँदा कस्तो कस्तो लाग्ने रैछ। 

फुर्सदमा के गर्नुहुन्छ ?
खासै फुर्सद हुँदैन। बिदा पाउँदा घर गइन्छ। परिवारसँग समय बिताइन्छ। 

घर कहिले–कहिले जानुहुन्छ ?
बिदा पाइयो भने छ महिनामा एकचोटि जान्छु।

बिदा कति दिनको हुन्छ ?
१० दिनजति।

घुम्न मन पराउनुहुन्छ ?
धेरै मन पर्छ।

कहाँ घुम्न जान मन लाग्छ ?
दार्जिलिङ रमाइलो लाग्छ। 

अरू के मन पर्छ ?
साहसिक खेल मन पराउँछु। जीवनमा एक पटक बन्जी जम्प गर्ने चाहना छ।

ट्राफिक प्रहरीमा काम गर्न थालेयता स्वास्थ्यमा केही असर परेको छ कि ?
अरू त त्यस्तो केही छैन, तर बेला–बेलामा ढाड दुख्ने, रुघाखोकी लाग्ने समस्याले सताउँछ। 

प्रस्तुतिः रेणु त्वानाबासु

तपाईको कमेन्ट