प्रेमिकासहित डिबाला संक्रमित

writer

सम्पूर्ण

बुधबार, १२ चैत २०७६


कोरोनाबाट इटाली सबैभन्दा धेरै प्रभावित भएको छ । त्यसैले इटालीका धेरै खेलाडी पनि संक्रमित भएका छन् । इटालियन सिरी ए फुटबल क्लब युभेन्टस र अर्जेन्टिनाको राष्ट्रिय टिमका स्टार स्ट्राइकर पाउलो डिबालालाई कोरोना भाइरसको संक्रमण भएको छ ।

डिबालाले इन्स्टाग्राममा आफू र प्रेमिका ओरियानालाई कोरोनाको संक्रमण भएको तर दुवै जनाको स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी दिएका हुन् । २६ वर्षका डिबालाले सन् २०१५ देखि युभेन्टसबाट खेल्दै आएका छन् । युभेन्टसकै अन्य खेलाडीमा यसअघि नै कोरोना संक्रमण भएको थियो । आफ्नो टिमका खेलाडीलाई कोरोनाको संक्रमण भएपछि स्ट्राइकर क्रिस्टियानो रोनाल्डो भने पोर्चुगलमा नै क्वारेन्टिनमा बसेका छन् । 

त्यस्तै, इटालीको राष्ट्रिय टिमका पूर्वकप्तान तथा एसी मिलानका प्राविधिक निर्देशक पाओलो माल्दिनी र उनका छोरा डानियललाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित भए पनि माल्दिनीका बाबुछोरा दुवैको स्वास्थ्य राम्रो रहेको एसी मिलानले जनाएको छ ।  डानियल एसी मिलानकै खेलाडी हुन् ।

तपाईको कमेन्ट

छुटाउनु भयो कि