आर्सनल प्रशिक्षक कोरोनामुक्त

writer

सम्पूर्ण

बुधबार, १२ चैत २०७६


इंग्लिस फुटबल क्लब आर्सनलका प्रशिक्षक मिकेल आर्तेता कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । ३७ वर्षका स्पेनिस नागरिक आर्तेतालाई मार्च १२ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

‘संक्रमण पुष्टि भएको तीन–चार दिनमै मलाई ठीक हुँदै आयो,’ उनले भने, ‘अहिले त म पूर्ण रूपमा स्वस्थ भएको छु र थप ऊर्जावान् महसुस गरिरहेको छु ।’ उनमा कोरोनाको अब कुनै संक्रमण नभएको डाक्टरहरूले बताएका छन् ।

आर्तेतालाई कोरोना पुष्टि भएपछि उनीसँग सम्पर्कमा रहेका आर्सनलका सबै खेलाडी र कर्मचारी क्वारेन्टिनमा थिए । अहिले उनी संक्रमणबाट मुक्त भइसकेका छन् भने क्वारेन्टिनमा रहेका खेलाडीमा पनि समस्या देखिएको छैन । आर्सनलले उनीहरूको स्वास्थ्य अवस्था निगरानी गरिरहेको जनाएको छ । 

तपाईको कमेन्ट