कोरोनाविरुद्ध लड्न खेलाडीको सहयोग

writer

सम्पूर्ण

बुधबार, १२ चैत २०७६


विश्वव्यापी महामारी बनेको कोरोना भाइरसविरुद्ध लड्नका लागि खेलाडीहरूले पनि प्रयास थालेका छन्। उनीहरूले त्यसका लागि रकम जम्मा गर्ने अभियान सुरु गरेका हुन्। 

इटालियन क्लब एसी मिलानबाट व्यावसायिक फुटबल खेल्दै आएका फुटबलर जाल्टन इब्राहिमोभिचले १० लाख युरो संकलन गर्ने अभियान थालेका छन्। त्यो अभियानमा ५० हजार युरो दिएका उनले अरू खेलाडीलाई पनि सहयोग गर्न आग्रह गरेका छन्।

‘इटालीले मलाई धेरै दिएको छ,’ उनले इन्स्टाग्राममा लेखेका छन्, ‘अहिले संकटमा परेको इटालीलाई सानो सहयोग गर्न चाहन्छु।’ इब्राहिमोभिचले बिनास्वार्थ अरूको जीवनरक्षाका लागि समर्पित अस्पताल, डाक्टर तथा नर्सहरूको योगदानलाई सम्मान गर्न पनि एकीकृत प्रयास चाहिएको बताए। 

त्यस्तै, जर्मन फुटबलर रोबर्ट लेवान्डोस्की र उनकी पत्नी एनाले एक लाख युरो सहयोग गरेका छन्  । घरेलु लिग बुन्डेसलिगामा बायर्न म्युनिखबाट खेल्दै आएका लेवान्डोस्कीले किक जिरो नामक च्यारिटीमार्फत यो रकम कोरोना संक्रमित व्यक्तिको उपचारमा खर्च गर्ने भनेका छन्। उनको जन्मस्थान बाभारिया कोरोनाका कारण लकडाउन गरिएको छ। 

तपाईको कमेन्ट