यसै त महामारी त्यसमाथि मोबाइल !

writer

सृजना खड्का

बुधबार, १२ चैत २०७६


बालबालिकाले चकचक गरे उनीहरूका हातमा मोबाइल थमाइदिन्छन्, आमाबाउ।

रोयो...मोबाइल !

रिसायो...मोबाइल !

खुवाउन...मोबाइल !

भुलाउन...मोबाइल !

प्रायः अभिभावकले आफ्ना बालबालिकामा लागू गर्ने‘फर्मुला’हो यो।

कारोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले विद्यालयहरू बन्द गराएको छ। धेरै बालबालिका आफ्नो दिनचर्या घरभित्रै मोबाइल चलाएर बिताइरहेका छन्। कोरोनाको बढ्दो प्रकोपसँगै मानिसहरू‘होम क्वारेन्टिन’मा बस्नुपर्ने अवस्थामामोबाइल र इन्टरनेटको लत झनै बढ्ने सम्भावना छ। अहिले मोबाइलसमय कटाउने बलियो बहाना बनेको छ। ‘त्यो बहाना जुनसुकै बेला पनि लत बन्न सक्छ,’ मनोविद् डा. करुणा कुँवर भन्छिन्, ‘मोबाइलको लत ड्रग्सभन्दा पनि डरलाग्दो हुन्छ। यसले बालबालिकाको ज्यानैसमेत लिन सक्छ।’

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा.डा. रवि शाक्यले इन्टरनेट एडिक्सनका विभिन्न केस हेर्दै आएका छन्। मोबाइल र ग्याजेट्सको बढ्दो प्रयोग र इन्टरनेटमा उपलब्ध हुने विभिन्न कन्टेन्टका दुव्र्यसनीहरू बढ्दै गएको उनको अनुभव छ। केही वर्षअघिसम्म वयस्क मानिस मोबाइल तथा इन्टरनेटको जञ्जालमा फस्ने गरेको भए पनि अहिले बालबालिका तथा किशोर–किशोरीमा इन्टरनेटको लत डरलाग्दो रहेको डा. शाक्य बताउँछन्। उनले उपचारका क्रममा भेटेका केही केस यस्ता छन्ः

मोबाइल नपाउँदा मर्ने धम्की                               

केस नं. १

हालसालै डा. रवि शाक्यले हेरेको केस निकै संवेदनशील थियो। कक्षा ७ मा पढ्ने १४ वर्षका एक बालक जतिबेला पनि मोबाइलमै घोत्लिरहन्थे। उनलाईखाना खाँदा पनि मोबाइल चाहिन्थ्यो। स्कुलबाट घर फर्किएपछि होमवर्क गर्न छोडेर मोबाइलमा गेम खेलेर बस्ने गर्थे। घरमा इन्टरनेट सुविधा पनि भएकाले उनी अनलाइनमा विभिन्न गेम खेल्थे। जतिबेला पनि मोबाइलमैअल्झिन उनको पढाइ बिग्रियो। स्कुलबाट दिनहुँजसो कम्प्लेन आउन थाल्यो। रिजल्ट पनि बिग्रियो। महँगो बोर्डिङ स्कुलमा पढ्ने उनको पढाइ साह्रै नै कमजोर भएपछि उनका बुबाले घरमा इन्टरनेट बन्द गरिदिए। छोरालाईमोबाइल नदिने निर्णय गरे। बुबाको यस्तो निर्णयबाट आहत भएर ती बालकले आत्महत्या प्रयास गरे। आमाको सलले कोठामा झुण्डिन लाग्दा उनकी बहिनीले देखेर आमाबुबालाई खबर गरेकी थिइन्। कोठामा पुग्दा उनले घाँटीमा सल बाँधिसकेका थिए। बेहोश अवस्थामा अस्पताल पुर्‍याइएका उनलाई केही समयपछि होश आयो। तर, उनलाईआफूले पहिले गरेका कुनैपनि काम याद थिएन। मोबाइलमा गेम खेल्ने गरेको, घरमा इन्टरनेट बन्द भएको र उनले घाँटीमा आमाको सल बाँधेर झुण्डिन गरेको प्रयास उनलाई केही पनि सम्झना थिएन। ‘घाँटीमा सल बाँधेर झुण्डिएको अवस्थामा मस्तिष्कको केही भागमा अक्सिजन आपूर्ति बन्द भएका कारण उनले झुण्डिनुभन्दा अघि गरेका काम बिर्सिएका थिए,’ डा. शाक्य ती बालक सम्झँदै भन्छन्। मोबाइल र इन्टरनेटको लतका कारण १४ वर्षको बालकले आत्महत्या प्रयास गरेको यो घटनाबाट हरेक अभिभावकले आफ्ना छोराछोरीलाई कसरी यी चिजको अत्यधिक पहुँचबाट टाढा राख्ने भन्नेमा गम्भीर भएर सोच्नुपर्ने उनी बताउँछन्। ‘नवजात शिशु हुँदादेखिनै मोइबाइलमा विभिन्न किसिमको म्युजिक बजाएर, कार्टुन र गेम देखाएर बालबालिका हुर्काउने गरिएका कारण ग्याजेट्स र  इन्टरनेटको लत विकराल बन्दै गएको छ,’ डा. शाक्य भन्छन्।

केस नं. २

कक्षा १०मा पढ्ने १६ वर्षकी किशोरीलाई उपचारका लागि उनका अभिभावकले डा. रवि शाक्यकहाँ लिएर आएका थिए। एसईईको तयारी गर्नुपर्ने उनलाई पढाइमा रुचि नै थिएन। क्लासमा सुत्ने गरेको, पढाइमा ध्यान नदिएको गुनासो स्कुलबाट धेरै आएपछि अभिभावकले उनलाई निगरानी गर्न थालेका थिए। उनी पढाइ छाडेर रातभर आइप्याडमा सोसल मिडिया चलाएर बस्ने रहिछन्। त्यो पत्ता लागेपछि उनलाई आइप्याड र इन्टरनेटको पहुँचबाट टाढा राखियो। सबैभन्दा पहिला आइप्याड लिन दिइएन र त्यसपछि घरमा इन्टरनेट बन्द गरियो। त्यसपछि उनले आफ्ना साथीसँग बोल्न नदिएको, कुराकानी गर्ने अधिकार खोसेको भन्दै अभिभावकसँग झगडा गर्न थालिन्। उनी आमाबुबालाई ‘मर्दिन्छु’ भनेर धम्की पनि दिन्थिन्। नभन्दै एक दिन हातको नसा काटेर आत्महत्या प्रयास गरिन्। समयमै अस्पताल पुर्‍याएर उनलाई आमाबुबाले बचाए। ती किशोरीलाई सामाजिक सञ्जाल नचलाई एक छिन पनि बस्न नसक्ने गरी लत लागेको थियो। ‘केस हिस्ट्री बुझ्दै जाँदा उनलाई अभिभावकले पहिले मोबाइल खेल्न दिँदा रहेछन्,’ डा. शाक्य भन्छन्, ‘यसरी बच्चालाई मोबाइल खेल्न दिएर अभिभावक आफैँ उनीहरूलाई यसको अम्मली बनाइरहेका हुन्छन्।’

केस नं. ३

कक्षा ८ मा पढिरहेका १५ वर्षीय एक बालकलाई पनि पढाइ र खेलकुदमा  अभिरुचि नै थिएन। नसाथीहरूसँग घुलमिल हुन रुचाउँथे। उमेरअनुसार हुनुपर्ने स्वाभाविक चञ्चलता पनि उनमा थिएन।ती बालकको ध्यान जतिबेला पनि मोबाइल कतिबेला पाइन्छ भन्ने हुन्थ्यो। पहिले–पहिले उनका अभिभावकले खाना खुवाउन र अन्य काममा मनाउन मोबाइल दिने गर्थे। इन्टरनेटमा विभिन्न गेम हेर्दाहेर्दै उनी त्यहीअनुसार सिको गर्दै जसलाई पनि अट्याक गर्ने कुरा गर्थे। मोबाइल नपाउँदा आक्रामक रूपमा प्रस्तुत हुन्थे। पढाइमा ध्यान नदिने, जतिखेरपनि झगडा गर्ने र ‘मरिदिन्छु’ भन्दै धम्क्याउने हर्कतका कारण अभिभावकले उनलाई अस्पताल लिएर गएका थिए।

०००

मनोचिकित्सक डा. शाक्यका अनुसार इन्टरनेटको लतका कारण बालबालिका तथा किशोर–किशोरीले आत्महत्या प्रयास गरेका थुप्रै केस अस्पतालमा आउनथालेका छन्। बालबालिकाको शारीरिक गतिविधि कम हुँदै गएको छ। उनीहरूको साथी भनेकै मोबाइल हुने अवस्थाले उनीहरूलाई‘मोबाइल एडिक्ट’ बनाउँदै लगेको छ। ‘फुर्सदका बेला भुल्ने माध्यम मोबाइल बनाउँदा इन्टरनेटसम्बन्धी थुप्रै डिसअर्डर देखिन थालेका छन्,’ डा. शाक्य भन्छन्, ‘इन्टरनेट गेमिङ डिसअर्डर भनिने समस्या नेपालमा बढ्दो छ।’

हैरान अभिभावक

भक्तपुर, लोकन्थलीका तुलाराम कार्कीका छोरा चार कक्षामा पढ्छन्। स्कुलबिदा भएदेखि उनका छोराको ध्यान मोबाइलबाहेक अन्त गएको छैन। ‘स्कुल छुट्टी भएदेखि मोबाइल छाडेको छैन,’ उनी भन्छन्, ‘केटाकेटीलाई मोबाइलबिना घरमा टिकाउनै हम्मेहम्मे पर्छ। अहिले त्यसमाथि कोरोनाको बहाना छ।’

काठमाडौँ, मैतिदेवीकी अर्की अभिभावक मञ्जु गिरी पनि हैरान छिन्। उनका एक छोरा र एक छोरी छन्।उनीहरूलाई मोबाइल भएपछि अरूकेही चाहिँदैन। उनले सानैदेखि दुवैलाई मोबाइल हेर्ने बानी लगाएकी थिइन्। ‘अहिले मेरा छोराछोरी मोबाइलबिना न खान्छन्, न सुत्छन्,’ उनले भनिन्, ‘नखेल भनेर कहिलेकाहीँ त मोबाइलै लुकाइदिन्छु। तर, के गर्नु ?खान र सुत्नै बन्द गरेपछि नदिईसुखै छैन।’ यो बिदामा उनले बालबालिकालाई गाउँ लिएर जानेबारे नसोचेकी पनि होइनन्। तर, उनका छोराछोरी गाउँ जानै मानेनन्। ‘‘गाउँमा इन्टरनेट हुँदैन, हामी जाँदै जाँदैनौँ’ भने,’ मञ्जुले भनिन्, ‘जान्न भनेपछि कुट्दै÷ पिट्दै लैजाने कुरा भएन। अहिले दिनरात मोबाइलमा झुण्डिएर हैरान छ।’

मनोविद् डा. करुणा कुँवर बच्चाहरू आफैँमोबाइल र इन्टरनेटको अम्मली नहुने बताउँछिन्। ‘बालबालिका आफैँएडिक्सनमा फस्दैनन्,’ उनी भन्छिन्, ‘यस्तो लतमा फसाउने अभिभावक नै हुन्। जो आफैँ मोबाइल र इन्टरनेटको लतमा फसेका हुन्छन्। जसले जन्मिनेबित्तिकै छोराछोरीको फेसबुक खोलेर उनीहरूलाई लतमा पारिदिन्छन्।’

दोष अभिभावककै

बालबालिकको मोबाइल चलाउने समय अभिभावकले निर्धारण गर्नुपर्ने डा. कुँवर बताउँछिन्। ‘उनीहरूले मोबाइल चलाएको बेलामा कोसँग कुरा गर्छन्, के हेर्छन् भन्नेबारे ध्यान दिनु जरुरी छ,’ उनी भन्छिन्, ‘तर, स्कुल बिदा भयो भन्दैमा जंक फुड खुवाउँदै इन्टरनेट र मोबाइलमा उनीहरूलाई भुलाउन खोजियो भने उनीहरूमा शारीरिकसँगै विभिन्न खालका मानसिक समस्यासमेत देखापर्ने सम्भावना हुन्छ।’यस्तो बेलामा अभिभावकहरूबालबच्चाको लहैलहैमा लाग्न नहुने उनी बताउँछिन्। ‘रुनेबित्तिकै धेरै अभिभावकले आफ्ना बालबालिकालाई मोबाइल थमाइदिने गर्छन्,’ उनले भनिन्, ‘यस्तो बानी लगाउँदा उनीहरूले सधैँ त्यही उपाय लगाएर मोबाइल उम्काउँछन्। अनि,सात, आठ कक्षा पुग्न नपाई आफ्नो छुट्टै पर्सनल मोबाइल खोज्न थाल्छन्। अभिभावकलेपनि आफूसँग भएको भन्दा लेटेस्ट मोबाइल किनेर छोराछोरीको हातमा थमाइदिन्छन्।’

बालबालिकालाई मोबाइल र इन्टरनेटको लतमा लगाउन स्कुलको पनि भूमिका रहेको डा. कुँवरको भनाइ छ। उनका अनुसार नाम चलेका महँगा स्कुलले नैअनलाइन होमवर्क गराउने र प्रोजेक्ट वर्कको नाममा बच्चामा सानैदेखि मोबाइल र इन्टरनेटको लत बसाउने गरेका छन्। यसले बच्चालाई ‘एन्टी सोसल’ बनाउने उनले बताइन्।‘मोबाइल मात्र नभएर जुनसुकै एडिक्सनमा परे पनि मानिस एन्टी सोसल हुन्छ,’ डा. कुँवर भन्छिन्, ‘यस्तो अवस्थामा उनीहरू आफूलाईसमाजबाट अलग राख्ने र आफूलाई मन परेको कुरामा मात्र लिप्त हुने गर्छन्। त्यस्तै,मोबाइल र इन्टरनेटको अत्यधिक प्रयोगले बालबालिकाको सिर्जनशीलता घट्छ।’

डा. कुँवरका अनुसार कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर विद्यालय बन्द भएको यो समयमा बालबालिकालाई सिर्जनात्मक काममा लगाउन सकिन्छ। ‘उमेर हेरेर पेन्टिङ सिकाउनेदेखि साहित्यका राम्रा किताब पढाउने र त्यसको समीक्षा गर्नसमेत सकिन्छ,’ उनी भन्छिन्, ‘बालबालिकालाई मन पर्ने खानेकुरा सँगै बसेर बनाउन सकिन्छ। उनीहहरूलाई प्रोत्साहन गर्दै उनीहरूको कुरा सुन्न सकिन्छ। यो बालबालिकासँग क्वालिटी टाइम बिताउने सुनौलो अवसर हो।’

अहिलेको जस्तो ‘बिदा’को बेलामा बालबालिकालाई अभिभावकले आफूसँग घुलमिल गराउनुपर्ने मनोविद् डा. कुँवर बताउँछिन्। यस्तो बेलामा बालबालिकालाई प्रशस्त सुत्न दिए पनि हुने उनको सुझाव छ। ‘बालबालिकालाई १० देखि १२ घण्टासम्म सुत्न दिनुपर्छ,’ उनी भन्छिन्, ‘उनीहरूलाई मोबाइल चलाउन दिनुभन्दा प्रशस्त सुत्न दिनुधेरै लाभदायी हुन्छ। साथै उनीहरूलाई कोठा सफा गर्न, खानेकुरा बनाउन सिकाएर समय कटाउन सकिन्छ।’

बालबालिका नसुत्ने, नखाने र इन्टरनेटमा मात्र भुलिरहने गर्नाले उनीहरूको रोग प्रतिरोधात्मक क्षमतामा कमी आउने उनी बताउँछिन्। ‘यस्तो बेलामा बालबालिकोको रोग प्रतिरोधात्मक क्षमता बलियो राख्नुपर्छ,’ उनी भन्छिन्।

मनोविद् कुँवरकहाँ मोबाइल चलाउन नजान्दा बालबालिका पछि पर्ने हुन् कि भन्दै धेरै अभिभावक आउँछन्। ‘धेरैले मोबाइल चलाउन जानेनन् भने छोराछोरी पछि पर्छन् भन्ने गुनासो गरेको पाइन्छ,’ उनी भन्छिन्, ‘यो एकदमै गलत कुरा हो। मोबाइल चलाउनु कुनै ठूलो कुरा होइन। यो यस्तो स्मार्ट चिज हो। एकहप्ता मोबाइलसँग बस्यो भने त्यसले सबै सिकाउँछ। तर, मोबाइलको पछि लाग्दा भने एकदिन हामी आफैँत्यसको पछि पर्छौँ।टेक्नोलोजीले एकदिन मानिसलाई नै टेकओभर गरिदिन्छ।’

बालबालिकालाई एकैचोटि मोबाइलको लतबाट टाढा राख्नु गलत भएको उनी बताउँछिन्। ‘मोबाइल र इन्टरनेटको लत एकैचोटि घटाउन र हटाउन सकिँदैन,’ कुँवर भन्छिन्, ‘अकस्मात् बन्द गर्न खोज्यो भने लागुऔषधको लतमा लागेकाको जस्तै व्यवहार बालबालिकाले देखाउँछन्।’उनी पाँच वर्षमुनिका बालबालिकालाई मोबाइलको स्क्रिन नै नदेखाउनू भन्छिन्। ‘यो उनीहरूको चौतर्फी विकास हुने समय हो,’ उनी भन्छिन्, ‘यस्तो बेलामा उनीहरूलाई मोबाइलको लतमा लगाउँदा उनीहरूभर्चुअल संसारबाहेकको संसार देख्नै छाडिदिन्छन्। उनीहरूले मोबाइल चलाउनबाहेक अरू केही गर्न सिक्दैनन्।’

मोबाइलको महामारी

काठमाडौँ, गोठाटारका १५ वर्षीय हिमालले स्कुल छाडेको दुई वर्ष भयो। मोबाइलमा लिएर उनी दिनभरि कोठाबाट बाहिर निस्किँदैनन्।इन्टरनेटमा विभिन्न गेम खेलेर र भिडियो हेरेर बस्छन्। उनको सुत्ने र उठ्ने ठेगान हुँदैन। कसैले केही भन्नेबित्तिकै झनक्क रिसाउने उनको बानी छ।यसवर्ष एसईई दिनुपर्ने उनले दुईवर्षअघि स्कुल पनि जान छाडे।वरपरको वातावरणले गर्दा छोरा बिग्रियो भन्ने लागेर छ महिनाअघि हिमालको परिवार काठमाडौँ, कोटेश्वर डेरा सरेर आयो। तैपनि, उनको व्यहोरा र व्यवहारमा अलिकति पनि सुधार नआएपछि उनका आमाबुबा आजित भए। छोरालाईमनोविद् डा. गोपाल ढकालकहाँ लिएर गए। ‘स्कुल जान छाडेपछि उसको परिवारले उसलाई मोबाइल थमाएर आफू काममा जाने रहेछन्,’ डा. ढकालले भने, ‘उसले दिनभरि मोबाइलमा के हेर्छ, कोसँग कुरा गर्छ, कसैलाई थाहा नहुने रहेछ। एकछिन मात्रै उसबाट मोबाइल टाढा भयो भनेपछि छटपटाउने, रिसाउने, कोहीसँग नबोल्ने गर्न थालेपछि आमाबाउले जतिबेलै मोबाइल दिने गर्दा रहेछन्।’  उनका अनुसार हिमालले आफ्नो कोठाको बाहिर ‘मेरो कोठाभित्र पस्न मनाही छ’ भनेर लेखेका छन्। कसैले उनको कोठाको ढोका ढकढकायो भने उनी एकदमै रिसाउने गर्छन्। ‘बच्चाको बानी यस्तै हो भनेर अभिभावकले बेवास्ता गर्दा आज उनको यो हालत भएको छ,’ उनले भने, ‘अहिले उनी मान्छेसँग दोहोरो बोल्न सक्दैनन्। केही समयदेखि उनी मेरो काउन्सिलिङमा छन्।’

११ वर्षकासाकारले धेरै मोबाइल चलाउने र धेरै कार्टुन हेर्ने गर्न थालेपछि अभिभावकले उनलाई मनोविद् डा. गंगा पाठककहाँ लिएर गए। ‘कार्टुन धेरै हेरेको हुनाले उनी बोल्दा पनि कार्टुनको जस्तै आवाज र लवजमा बोल्थे,’ डा. पाठकले भनिन्, ‘सुरुमा मलाई त्यो बच्चाले नाटक गरेको होला भन्ने लागेको थियो। तर, होइन रहेछ। कार्टुन हेर्दाहेर्दा उनलेकार्टुनले जस्तै बोल्न थालेका रहेछन्।’ उनका अनुसार साकारको व्यवहार सामान्य नभएको भन्दै धेरै स्कुलले उनलाई भर्ना लिन मानेनन्। उसलाई सामान्य अवस्थामा ल्याउनका लागि मनोविद् डा. पाठकलाई छ महिना लाग्यो। ‘एकैचोटि त्यो लत हटाउन गाह्रो हुन्छ भनेर मैले बिस्तारै हटाउने कोसिस गरेँ,’ उनले भनिन्, ‘ऊ बिहान १० देखि बेलुका ४ बजेसम्म मेरो अफिसमा बस्थ्यो। मेरो काउन्सिलिङपछि अहिले ठीक छ।’

मोबाइल खेलौना होइन

चकचक गर्दा, रुँदा, रिसाउँदा र जे गर्दा पनि मोबाइल थमाइदिने परिपाटीले बालबालिकामा मोबाइल र इन्टरनेटको लत बढेको मनोविद् गोपाल ढकाल बताउँछन्। ‘मोबाइल र इन्टरनेट बालबालिकाका लागि खोलौना भयो,’ उनले भने, ‘तर, मोबाइल खेलौना होइन।’

बच्चाहरू स्वभावैले जिज्ञासु र चञ्चल हुने भएकाले उनीहरू छिट्टै लतमा फस्ने गरेको उनी बताउँछन्। ‘अहिले स्कुलहरू बन्द भएकाले लतमा फस्ने सम्भावना झन् धेरै छ,’ उनले भने, ‘घरभित्र बस्दा बच्चाले चलाउने मोबाइल नै हो। किनभने, अहिले कोरोना फोबियाबाट बचाउन पनि धेरै अभिभावकले बालबच्चाको हातमा मोबाइल थमाइदिन्छन्।’

यस्तो अवस्थामाबालबालिका दोहोरो मारमा पर्ने डा. ढकाल बताउँछन्। उनी ‘हामीले बालबालिकालाई भयको अस्त्र देखाउँदै हुर्काएका हुन्छाँै,’ उनी भन्छन्, ‘सानोमा चकचक गर्दा भूत आउँछ भनेर भयको अस्त्र निकाल्छौँ। बदमासी गर्‍यो भने पुलिस बोलाउँछु भनेर तर्साउँछौँ। अहिले कोरोनाको अस्त्र प्रयोग गरिहेका छौँ। बच्चाहरूमा निर्णय लिने क्षमता नभएको हुनाले उनीहरू ठूलाले भनेको कुरा पत्याउँछन्। यो समयमा उनीहरूलाई भयबाट टाढा राख्नुपर्छ।’

बिदामा बालबालिकालाई रुटिन बनाइदिनुपर्ने डा. ढकाल बताउँछन्। रुटिन बिग्रिँदा पनि धेरै बालबालिका मोबाइलको लतमा लाग्ने उनको ठहर छ। इन्टरनेटको लत लागेपछि छटपटी हुने, झनक्क रिस उठ्ने, के गरौँ कसो गराँै हुने, राति निन्द्रा नलाग्ने, रातभरि नेट चलाएर बस्ने, इन्टरनेटमा जे भेट्यो त्यही हेर्ने, आत्महत्या गर्छु भनेर धम्काउनेजस्ता व्यवहार देखाउने उनी बताउँछन्। ‘यस्तो बेलामा उनीहरूलाई गाली गरेर, कुटेर हुँदैन,’ डा. ढकाल भन्छन्, ‘लत लागेपछि उपचार नगरीहुँदैन। तर, नेपालमा इन्टरनेट एडिक्सनका लागि कुनै रिह्याब छैन। हामीले काउन्सिलिङ गरेर उनीहरूलाई सम्झाउनुपर्छ। उनीहरूको ध्यान मोबाइल र इन्टरनेटबाट अन्त मोड्न्ुपर्छ।’उनका अनुसार मोबाइल चलाउन नपाउँदा बालबालिकालाई तनाव हुन्छ। त्यो तनाव व्यवस्थापनका लागि अभिभावकले सहयोग गर्नुपर्छ। मोबाइलमा भएका अनावश्यक एपहरू हटाउनुपर्छ। जबसम्म मोबाइलको सदुपयोग गर्न जान्दैनन्, तबसम्म बालबालिकालाई मोबाइल दिनुहुँदैन। ‘मोबाइल र इन्टरनेटलाई मनोरञ्जन होइन, शिक्षाको साधनका रूपमा प्रयोग गर्र्नुपर्छ,’ उनको सुझाव छ।

०००

‘मोबाइलको लत ड्रग्सको भन्दा चर्काे हुन्छ’

- डा. गंगा पाठक, मनोविद्

बालबालिकालाई मोबाइल दिनु र खोस्नु, यी दुइटै गल्ती अभिभावकका हुन्। उनीहरूलाई एकैचोटि मोबाइलबाट टाढा राख्न खोज्नु मुख्र्याइँ हो। मोबाइलको लत हठात् छुटाउन नसकिने भएकाले बिस्तारै कम गर्दै लैजानुपर्छ। मोबाइल र इन्टरनेटका बैगुन मात्र छैनन्। यसलाई सदुपयोग गर्न सकेको खण्डमा धेरै कुरा सिक्न सकिन्छ। हामीले यो वैज्ञानिक आविष्कारलाई नकार्न सक्दैनौँ। कति समय हेर्ने, के हेर्ने भनेर निश्चित समय तोके मात्रै पनि यसबाट उत्पन्न हुने सारा समस्या समाधान हुन्छन्। यसमा पहिलो भूमिका अभिभावकको हुन्छ। बालबालिकाले सबैकुरा त्यागेर मोबाइलमा लाग्दा यसको लत बस्छ।  अल्कोहल र ड्रग्सको एडिक्सन छुटाउनभन्दा पनि गाह्रो हुन्छ, मोबाइलको लत छुटाउन।

यो बिदामा बालबालिकालाई घरायसी धेरै काम सिकाउन सकिन्छ। अहिलेको समयलाई हामीले अवसरका रूपमा लिनुपर्छ। बालबालिकासँग समय बिताउने र उनीहरूलाई धेरै कुरा सिकाउने यो सुनौलो अवसर हो।

प्रविधिले हामीलाई एकदमै सजिलो बनाइदिएको छ। धेरैकुरा खोज्नका लागि गुगलले सघाइरहेको हुन्छ। तर, हामी त्यसैमा निर्भर भने हुनुहुँदैन। मोबाइलभन्दा बरुटेलिभिजन बालबालिकाका लागि राम्रो थियो। टाढा बसेर निश्चित समयसम्म मात्र हेर्थे। तर, मोबाइल र इन्टरनेटले बालबालिकाकोसिकाइमा समस्या देखिएको छ।‘पढेन’, ‘भनेको मान्दैन’, ‘टेर्दैन’, ‘सुन्दैन’, ‘रिसाउँछ’, ‘झर्किन्छ’ भन्ने समस्या सबै मोबाइलले नै भएका हुन्।लतमा लागेपछि बालबालिकाको पढाइमा ध्यान जाँदेन। पढाएको बुझ्दैनन् र उनीहरूको स्मरणशक्तिमा पनि ह्रास आउँछ। उनीहरू‘डे ड्रिमर’ हुन्छन्।

धेरै अभिभावक बच्चाले पढेनन् भनेर गुनसो गर्छन्। ‘बरु मर्छु, तर पढ्दिनँ’ भन्ने थुप्रै बालबालिकालाई काउन्सिलिङ गरेकी छु। काउन्सिलिङमा आएका बच्चाहरूको अवस्था एकदमै भयानक भइसकेको हुन्छ। मोबाइल दिएन भनेरनाडीमा कम्पासले घोचेर रगत निकाल्ने बच्चा पनि छन्।आफूले आफूलाई चोट पुर्‍याएर परिवारको ध्यान आफूतिर तान्ने गरेको पनि पाइन्छ। यसो गरेपछि परिवारको माया पाइन्छ भन्ने उनीहरू सोच्छन्।तर, यो अवस्थासम्म उनीहरूलाई नपुर्‍याउन अभिभावककै प्रमुख भूमिका हुन्छ। अभिभावकले उनीहरूको मनस्थितिबुझेर सोही अनुसार व्यवहार गर्नुपर्छ।

तपाईको कमेन्ट

छुटाउनु भयो कि