इन्गेज्ड अर्की प्रियंका

writer

सम्पूर्ण

सोमबार, १० चैत २०७६


लाग्छ, प्रियंका नाम हुनेको विवाहको सिजन हो यो। प्रियंका कार्कीले विवाह गरिरहँदा अर्की हिरोइन प्रियंका एमभीले भने इन्गेजमेन्ट गरेकी छिन्। धेरैले नचिनेकी यि प्रियंकाले अनमोल केसी अभिनीत फिल्म ‘क्याप्टेन’बाट डेब्यू गरेकी थिइन्। 

प्रियंका एमभी इन्जिनियर सफल अधिकारीसँग इन्गेज्ड भएकी हुन्। दुवैको गत शुक्रबार इन्गेजमेन्ट भएको थियो। तर, विवाह आउँदो वर्षको मंसिरमा मात्र हुनेछ। प्रियंकाले गएको प्रणय दिवसको दिन इन्स्टाग्राममार्फत आफू सफलको प्रेममा रहेको खुलासा गरेकी थिइन्। 

फिल्म ‘क्याप्टेन’ मा अनमोलसँग रोमान्स गर्ने अवसर पाए पनि फिल्म रिलिजपछि उनको भन्दा उपासना सिंह ठकुरीको ज्यादा चर्चा भएको थियो। दोस्रो फिल्म पाएको खबर पनि थिएन। त्यसै त उनलाई फिल्मको अफर आइरहेको थिएन, अब त झन् विवाह हुने भयो। के एउटा फिल्ममै प्रियंका एमभीको अभिनय गर्ने रहर पूरा भएछ ? 
 

तपाईको कमेन्ट

छुटाउनु भयो कि