कोरोनाबाट फुटबल प्रशिक्षकको मृत्यु

writer

सम्पूर्ण

बुधबार, ०५ चैत २०७६


कोरोना भाइरसको संक्रमणका कारण एक जना स्पेनिस युवा फुटबल प्रशिक्षकको निधन भएको छ। मालागामा रहेको एथ्लेटिको पोर्ताडा अल्ता युवा टिमका २१ वर्षीय प्रशिक्षक फ्रान्सिस्को गार्सियाको मृत्यु भएको हो। कोरोना भाइरसको संक्रणको लक्षण देखिएपछि अस्पताल गएका उनमा कोरोना, निमोनिया र क्यान्सर पनि पत्ता लागेको थियो। 

उनलाई सुरुमा श्वासप्रश्वासमा समस्या देखिएको थियो। त्यसपछि अस्पताल गएका थिए। मालागामा कोरोनाबाट ज्यान गुमाउने उनी पाँचौँ व्यक्ति हुन्। ज्यान गुमाउने अरू सबै ७० वर्षमाथिका छन्। गार्सिया मालागामा कोरोना भाइरसका कारण मृत्यु हुने उनी कम उमेरका व्यक्ति हुन्।

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि