रोनाल्डो क्वारेन्टाइनमा

writer

सम्पूर्ण

बुधबार, ०५ चैत २०७६


इटालियन क्लब युभेन्टसका खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएपछि पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो क्वारेन्टाइनमा छन्। उनी आफ्नै जन्मस्थान पोर्चुगलको माडेरास्थित एक भिल्लामा क्वारेन्टाइन बसेका हुन्। 

आफू क्वारेन्टाइनमा बसेलगत्तै रोनाल्डोले कोरोना भाइरस संक्रमितप्रति ऐक्यबद्धता जनाउँदै लिस्बोनमा रहेको आफ्नो होटल सीआर सेभेनलाई अस्पताल बनाउने घोषणा गरेका थिए। 

उनले यो घोषणा गरे पनि व्यवस्थापनले भने होटललाई अस्पताल बनाउन नसक्ने बताएको छ। ‘हामी होटल हौँ,’ होटलका प्रवक्ताले भने, ‘हामी अस्पतालमा परिणत हुने कुनै योजना नै छैन र यो सम्भव पनि हुनेछैन।’ 

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि