भ्यालेन्सियाका ३५ प्रतिशत खेलाडी संक्रमित

writer

सम्पूर्ण

बुधबार, ०५ चैत २०७६


स्पेनिस क्लब भ्यालेन्सियाका ३५ प्रतिशत खेलाडीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। क्लबले सावधानीका सबै उपाय अपनाउँदा पनि ३५ प्रतिशत खेलाडी तथा खेल पदाधिकारीमा कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएको छ।

फेब्रुअरी १९ मा मिलानमा भएको च्याम्पियन्स लिग फुटबलको खेलका क्रममा आफ्ना खेलाडीलाई कोरोना संक्रमण भएको क्लबको दाबी छ। मिलानमा भ्यालेन्सियाले एट्लान्टासँग खेलेको थियो। संक्रमण देखिएका सबै खेलाडी आफ्नै घरमा आइसोलेसनमा छन्। बाँकी खेलाडी पनि क्वारेन्टाइनमा बसेका छन्। क्लबले उनीहरूलाई क्वारेन्टाइनमा रहँदा पनि व्यक्तिगत रूपमा प्रशिक्षण जारी राख्न भनेको छ।
 

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि