आईपीएल सर्‍यो

writer

सम्पूर्ण

बुधबार, ०५ चैत २०७६


भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आफ्नो कार्यालय बन्द गरेको छ। कोरोना भाइरस संक्रमणको त्रास रहेको बीसीसीआईले घरबाटै काम गर्न कर्मचारीलाई भनेको छ। त्यसको कार्यालय मुम्बईको बाङ्खेडे स्टेडियममा छ। त्यहाँ सात सयभन्दा बढी कर्मचारी छन्। कार्यालयमा नआई नहुने काम छ र त्यो काम जरुरी छ भने त्यस्ता कर्मचारीले भने कार्यालयमा आएर काम गर्न सक्छन्। 

बीसीसीआईले मार्च २९ बाट सुरु हुने भनेको आईपीएल क्रिकेट १५ दिनका लागि स्थगित गरेको छ। प्रतियोगिता स्थगित भएपछि फ्रेन्चाइज टिमले पनि तयारी रोकेका छन्। तर, अप्रिल १६ बाट हुने पनि निश्चित छैन। कोरोनाको त्रास कम हुँदै गएमा खेल तालिका छोटो पारेर आईपीएल गर्ने तयारी छ। तालिका छोटो पार्ने क्रममा यसको फम्र्याटमा नै परिवर्तन पनि हुन सक्ने बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले संकेत गरेका छन्। आठ टिमलाई दुई समूहमा विभाजन गरेर शीर्ष चार टोलीबीच नकआउट प्रतिस्पर्धा पनि गराउन सकिने उनको संकेत छ।

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि