न्युटनको तेस्रो नियम

सम्पूर्ण
आइतबार, ०२ चैत २०७६
केदार शर्मा
धनीले गरिबी नदेख्नु, पुरुषले लैंगिक विभेद नदेख्नु, शासकले कुशासन नदेख्नु, माथ्लो भनिएका जातकाले हेलाहोचो नदेख्नु, धार्मिक बहुसंख्यकले असहिष्णुता नदेख्नु स्वाभाविक हो। तर, त्यो नै सत्य भने होइन। विपन्न, महिला, प्रतिपक्षी, तल्लो भनिएका जातका र धार्मिक अल्पसंख्यकका कुरा सनौँ न !
ज्ञानेन्द्र भट्टराई
यो धनीले गरिबलाई, उपल्लो भनिने जातले अरूलाई मात्र हो र ? अलि धेरै जानेकाले थोरै जानेकालाई पनि मान्छे गन्दैनन् र उनीहरूसँग संवादसम्म गर्न मन पराउँदैनन्।
...........................................................................................
खगेन्द्र संग्रौला
थोरै मात्र विवेक, इमान र शरम भए पुष्पकमल दाहाल आफूलाई जुत्ता प्रहार गर्ने शहीद परिवारका रतन तिरुवाको आक्रोशको कारण सोधखोज गर्थे, क्षमायाचना र पश्चात्ताप गर्थे। विवेक, इमान र शरम नहुँदा ठालु शासकले झैँ रतनलाई पक्राउ गरेर दाहाल सुरक्षित भएको महसुस गरिरहेका होलान्। विडम्बना !
दीप सेन
बोलवाला बेइमान, बेशरमको छ। इमानहरू त भित्र छन्। स्वर पनि मधुरो छ, बाहिरसम्म सुनिँदैन। चुरीफुरी देखिँदैन।
...........................................................................................
यादव देवकोटा
जनयुद्धकालमा मारिएका शहीदलाई पुष्पकमल दाहालको हुर्मत जोगाउन मारिएकै होइन भन्ने दाहाल गिरोह कति निच, अनैतिक र घृणित छ भन्ने सबैलाई बोध भयो कि !
एउटा कथा
बोध हुनेलाई भएकै छ। भएर पनि नहुनेहरूलाई कुनै प्रतिवेदनले अर्थ राख्छजस्तो लाग्दैन।
...........................................................................................
के.सी. चोभारे
जो बर्साउँछ लाठी महिलामाथि
त्यो प्रहरी कसरी मेरो साथी ?
छुच्ची ऋतु
नाइँ मलाई था छैन !
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७