हटाउनै पर्ने खराब बानी

writer

सम्पूर्ण

बिहिबार, २९ फागुन २०७६


–कहिल्यै पनि औँला अथवा अरू थोकले कान कोट्याउनु हुन्न। यसो गर्दा कानको जाली फुट्न सक्छ। कानमा इन्फेक्सनको समस्या देखिन सक्छ।

–प्रायः अनुहारलाई हातले नै सफा गर्ने, क्रिम लगाउने गरिन्छ। रोगाणु अथवा कीटाणु भएको ठाउँमा राखिएको हात अनुहारमा लगाउँदा अनुहारको छालामा विभिन्न समस्या देखापर्छन्। त्यसैले राम्ररी सफा गरेपछि मात्र हातलाई अनुहारमा लगाउनुपर्छ।

–आँखामा केही पर्‍यो भने हातले मिच्नु हुँदैन। बरु, सफा पानीले आँखा पखाल्नुपर्छ। मिच्दा हातमा भएका ब्याक्टेरिया आँखामा पस्न सक्छन् र आँखामा इन्फेक्सन देखिन सक्छ।

–कतिपयको मुखमा औँला राख्ने बानी हुन्छ। यसो गर्दा विभिन्न रोगाणु मुखभित्र पस्ने गर्छन्।

–नाक कोट्याउनेहरूको शरीरमा विभिन्न ब्याक्टेरिया प्रवेश गर्ने सम्भावना हुन्छ। जसले शरीरमा इन्फेक्सन निम्त्याउन सक्छ।

–नङभित्रको फोहोर सफा गर्न नेल ब्रस प्रयोग गर्नुपर्छ। नत्र, नङमा भएका ब्याक्टेरिया शरीरमा पस्ने खतरा रहन्छ।
 

तपाईको कमेन्ट

मुख्य समाचार