हेडफोनका हानि

writer

सम्पूर्ण

बिहिबार, २९ फागुन २०७६


हेडफोन र इयरफोनको चर्को आवाजले कान र दिमागलाई नराम्रो असर पुर्‍याइरहेका हुन्छन्। सकेसम्म यी चिज प्रयोग गर्नु हुँदैन। 

–चर्को आवाजमा गीत सुन्दा बिस्तारै कानको सुन्न सक्ने क्षमता कम हुँदै जान्छ। यस्तो आवाजले कानको पर्दामा आघात पुर्‍याइरहेको हुन्छ। पछि सामान्य आवाज सुन्न नसक्ने अवस्था सिर्जना हुनसक्छ।

–हेडफोन लगाएर गीत सुन्नेहरूमा कानको संक्रमणको समस्या देखिन सक्छ। कोही–कोही कानमा हेडफोन वा इयरफोन लगाएर काम गर्छन्। हेडफोन लगाएरै ट्वाइलेट पनि जान्छन्। यसो गर्दा उनीहरूको हेडफोनमा हानिकारक ब्याक्टेरिया र भाइरस टाँसिन्छन्। जसले कानमा इन्फेक्सनको समस्या निम्त्याउँछ। हेडफोन वा इयरफोन सेयर गरी सुन्दा एउटाको कानमा भएको इन्फेक्सन अर्काेलाई सर्न सक्छ।

–हेडफोन अथवा इयरफोनले कानको संवेदनशील कोशिकालाई नोक्सानी पुर्‍याउँछ। ७५ डेसिबलसम्मको आवाजलाई कानका लागि सुरक्षित मानिन्छ। ८५ डेसिबलभन्दा बढीको आवाज कानका लागि हानिकारक हो। सामान्य कुराकानी गर्दा हाम्रो आवाजको स्तर ५५ देखि ६० डेसिबल हुन्छ।

–बुढेसकालमा मांसपेशी, कोशिका र हड्डीहरूमा तेज आघात सहने क्षमता रहँदैन। तेज आवाजमा संगीत सुन्दा नसामा बढी दबाब पर्छ र रक्तचाप प्रभावित हुन्छ। यही कारणले उमेर पुगेकालाई मुटुको समस्या देखिन सक्छ।

तपाईको कमेन्ट

मुख्य समाचार