बालबच्चाका लागि ‘कामसूत्र’

सम्पूर्ण
बिहिबार, २९ फागुन २०७६
महर्षि वात्स्यायनले लेखेको कामसूत्र सम्भोग कलासम्बन्धी ग्रन्थ हो। चौथो शताब्दीमा लेखिएको यस ग्रन्थमा सम्भोगका ६४ कलाबारे बयान गरिएको छ।
अंग्रेजी बालसाहित्य लेखक ब्याबेट कोलले कामसूत्रको बाल–संस्करण लेखेकी छिन्, जसको नाम हो– ‘ममी लेड एन एग’ अर्थात् ‘आमाले अण्डा पारिन्’। एक जना अभिभावक क्याथरिन पेकले गत हप्ता यस किताबका चित्र फेसबुकमा साझा गरेपछि यसको चर्चा चुलिएको छ। एउटा क्लिनिकमा पेकले यो किताब देखिन् र यसका चित्र सेयर गरिन्। उनले लेखेकी छिन्– ‘यो बालमैत्री कामसूत्र हो।’ उनको पोस्ट हजारौँले साझा गरेका छन् भने यसमाथि कैयौँले टिप्पणी गरेका छन्। कतिले यस किताबले बालबच्चाको मस्तिष्कमा नराम्रो असर गर्ने प्रतिक्रिया पनि दिएका छन्।
किताबमा विभिन्न सम्भोग आसनबारे सचित्र वर्णन गरिएको छ। कार्टुनजस्ता चित्रहरू राखिएका छन्। किताबको छेटौँ पृष्ठमा महिला र पुरुषका जननेन्द्रियका चित्र छन्। पुरुष लिंगलाई बाणजस्तो बनाइएको छ र योनिको चित्र देखाउँदै लेखिएको छ– ‘यो यहाँ फिट हुन्छ।’ थप बयान गरिएको छ– ‘ड्याडीसँग एउटा नली हुन्छ। यसबाट बीउहरू निस्कन्छन्। सानो दुलोबाट ड्याडीको नली छिर्छ र यसले ममीको पेटमा बीउ राख्छ। बीउहरू पुच्छर हल्लाउँदै पौडी खेल्छन्।’
किताबमा कार्टुन चित्रमार्फत विभिन्न आसनमा सम्भोगरत महिला–पुरुष देखाइएका छन्। बच्चा कसरी जन्मिन्छ, त्यो पनि सचित्र बयान गरिएको छ।
तीन सन्तानकी आमा क्याथरिनले आफूले सेयर गरेको पोस्टले यति धेरै प्रतिक्रिया प्राप्त गर्ला भन्ने नठानेको बताइन्। एक जना फेसबुक प्रयोगकर्ताले टिप्पणी गरेका छन्– ‘एक प्रति किताब कसैले मलाई पठाइदिए आभारी हुने थिएँ। वर्षाैंदेखि म त गलत तरिकाले सम्भोग गरिरहेको रहेछु !’ त्यस्तै, अर्का एक जनाले कामसूत्रको बाल–संस्करण उपयोगी भएको र बच्चाहरूलाई यौन शिक्षा दिन सफल भएको प्रतिक्रिया व्यक्त गरेका छन्। उनले लेखक र किताबमा चित्र बनाउने इलस्ट्रेटरको खुलेर तारिफ गरेका छन्।
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७