बेसनबाट सुन्दरता

writer

सम्पूर्ण

आइतबार, २५ फागुन २०७६


बेसनबाट पकौडा मात्रै बन्दैन। सुन्दरताका लागि पनि यो त्यति नै लाभकारी छ। अनुहारमा बेसन लगाउँदा छालाको रङ सफा हुन्छ।

–बेसनमा गुलाब जल मिसाई पेस्ट बनाउनुहोस्। त्यस पेस्टलाई अनुहार र गर्धनमा लगाउनुहोस्। २० मिनेट अनुहारमा राखेपछि मनतातो पानीले पखाल्नुपर्छ।

–बेसनमा दही र गुलाब जल मिसाई पेस्ट बनाउनुहोस्। अनुहारमा दली १५ मिनेटसम्म राख्नुहोस्। सुकेपछि चिसो पानीले अनुहार सफा गर्नुपर्छ।

–सुक्खा छाला भएकाहरूले बेसनमा दही, मह मिसाई पेस्ट बनाउनुहोस् र अनुहारमा लगाउनुहोस्। यसले अनुहारको छालालाई नरम बनाउँछ।

–दुई चम्चा बेसनमा अलिकति काँचो दूध र एक चिम्टी बेसार मिसाई पेस्ट बनाउनुहोस्। यो पेस्ट लगाउँदा छाला चम्किलो बन्छ।

–घामले डढेको छालाका लागि दुई चम्चा बेसनमा काँक्रोको रस, कागतीको रस र गुलाब जल मिसाई पेस्ट बनाउनुहोस् र अनुहारमा लगाउनुहोस्। सातामा दुई पटक यो प्याक लगाए कालोपन हटेर जान्छ।

–बेसनमा गोलभेँडाको रस मिसाई गर्धन र अनुहारमा दल्नुहोस्। यस प्याकले छालाका रङ सफा बनाउन मद्दत गर्छ।

तपाईको कमेन्ट

मुख्य समाचार