एन्टिबायोटिक बराबर बेसार र लसुन

writer

सम्पूर्ण

आइतबार, २५ फागुन २०७६


बिरामी पर्दा कहिलेकाहीँ डाक्टरले एन्टिबायोटिक खान दिन्छन्। एन्टिबायोटिक औषधिको बढी सेवन हानिकारक हो। केही यस्ता खाद्य पदार्थ छन्, जसमा एन्टिबायोटिकको गुण हुन्छ र जसले शरीरमा कुनै प्रतिकूल असर पार्दैनन्।

बेसार
बेसार शरीरका लागि मात्र नभई छालाका लागि पनि एकदमै फाइदाजनक छ। पेट दुख्ने, टाउको दुख्ने, दाँत दुख्नेलगायत विभिन्न समस्यामा बेसार प्रयोग गर्दा फाइदा पुग्छ। 

लसुन
लसुनले प्राकृतिक रूपमै पीडा र सुन्निएकोमा राहत दिलाउँछ। लसुनमा एन्टिबायोटिक, एन्टिभाइरल, एन्टिफंगललगायत गुण हुन्छन्। लसुनमा एन्टिअक्सिडेन्ट पनि हुने भएकाले यसले धेरै रोगबाट जोगाउँछ। मुटु रोगका लागि पनि लसुन फाइदाजनक छ। दिनहुँ बिहान दुई पोटी लसुन मनतातो पानीसँग खाँदा वजन कम हुन्छ।

मह
महमा पनि एन्टिबायोटिक गुणसँगै एन्टिब्याक्टेरियल र एन्टिफंगल गुण हुन्छ। यसले कतिपय इन्फेक्सनबाट जोगाउँछ। मुखमा छाला जाँदा मह खाँदा र लगाउँदा आराम मिल्छ। पोलिएको, काटिएको, चोटपटकलगायत विभिन्न समस्यामा पनि मह लगाउँदा लाभ मिल्छ।

ल्वाङ
ल्वाङलाई एकदमै गुणकारी मानिन्छ। यसमा एन्टिबायोटिक, एन्टिसेप्टिक, एन्टिभाइरल र एन्टिफंगललगायत गुण हुन्छन्। दाँत दुख्ने, टाउको दुख्ने, अपचलगायत विभिन्न समस्यामा ल्वाङको प्रयोग गर्न सकिन्छ। ल्वाङको सेवनले रगत पनि सफा गर्छ।

अदुवा
एन्टिबायोटिक गुणका कारण अदुवा रुघाखोकी, ज्वरोलगायत सामान्य बिसञ्चोमा उपयोगी छ। शरीरमा भाइरस र इन्फेक्सनका कारण रुघाखोकी लाग्छ। अदुवाको सेवनले भाइरस र ब्याक्टेरिया मर्छन् र राहत मिल्छ। अदुवा प्राकृतिक ‘पेन किलर’ हो। सास र पाचनसम्बन्धी समस्याबाट पनि यसले राहत दिलाउँछ।

तपाईको कमेन्ट

मुख्य समाचार