थ्रेडिङ गर्दा ध्यान दिनुपर्ने कुरा

writer

सम्पूर्ण

आइतबार, २५ फागुन २०७६


अनुहार सुन्दर देखाउन थे्रडिङ गरिन्छ। आजभोलि महिलाले मात्र होइन, कतिपय पुरुषले पनि थे्रडिङ गर्छन्। कसै–कसैको छाला एकदमै नरम हुन्छ, जसकारण कहिलेकाहीँ थे्रडिङ गर्दा आँखीभुइँवरिपरि धागोले काटिन्छ। केही बेरपछि पोल्न थाल्छ र भोलिपल्ट पाप्रो बस्न सक्छ। त्यसैले थ्रेडिङ गर्दा ध्यान दिनुपर्छ। 

–थे्रडिङ गरिसकेपछि सफा मनतातो पानीले अनुहार धुने। अनुहार धोएपछि सुती कपडाले हलुका हातले पुछ्ने। रगडेर सफा गर्दा अनुहारको छाला सुक्खा हुन सक्छ। त्यसैले बिस्तारै पुछ्ने। सानो कपासको टुक्रामा डेटोल राखेर आँखीभुइँवरिपरि दल्न सकिन्छ।

–थे्रडिङ गर्दा काटिएमा त्यस भागमा कम्तीमा १२ घण्टासम्म एसिडयुक्त क्लिन्जर, म्वइस्चराइजरजस्ता कुनै पनि सुगन्धित सौन्दर्य सामग्री लगाउनु हुन्न। त्यसको साटो छालालाई शीतल पुर्‍याउने आलु, मह वा काँक्रोको रस प्रयोग गर्न सकिन्छ।

–काटिएको ठाउँमा दाग बस्न नदिन थे्रडिङपछि अनुहारमा कुनै क्रिम अथवा लोसन लगाउनुपर्छ। 

–थ्रेडिङ गर्नुअघि अनुहारलाई सफा गरी धुने र पुछ्ने। थ्रेडिङअघि अनुहारमा कुनै पनि लोसन वा क्रिम लगाउनु हुन्न। छाला जति सुक्खा हुन्छ, आँखीभुइँ त्यति राम्रो बन्छ। अनुहारलाई मनतातो पानीले पखाल्न सकिन्छ। यसो गर्दा थे्रडिङ गर्दा कम दुख्छ।

–थे्रडिङ गर्दा काटिएमा राति सुत्नअघि आँखीभुइँमा नरिवलको तेल लगाउँदा आराम मिल्छ। 

तपाईको कमेन्ट

मुख्य समाचार