महले हटाउँछ चायापोतो

writer

सम्पूर्ण

आइतबार, २५ फागुन २०७६


मह स्वास्थ्यका लागि फाइदाजनक छ। नियमित मह सेवनले शरीरलाई स्फूर्ति, शक्ति र ऊर्जा प्रदान गर्छ। मोटोपन घटाउन र बढाउन यसले मद्दत गर्छ।

–रुघाखोकीले सताएमा अदुवाको रसमा मह मिसाई खाँदा राहत मिल्छ।

–महले उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।

–दिनहुँ मह खाँदा हृदयसम्बन्धी रोगको जोखिम कम हुन्छ।

–नियमित मह सेवनले शरीर स्वस्थ रहन्छ। 

–महले चायापोतो हटाई अनुहारको छालालाई सफा र कान्तियुक्त बनाउँछ। गुलाब जल, कागतीको रस र मह मिसाई अनुहारमा लगाउन सकिन्छ।

–गर्मी याममा दिनहुँ मह हालेर पानी खाँदा पेट सफा रहन्छ।

–गोलभेँडा वा सुन्तलाको रसमा एक चम्चा मह मिसाई खानाले कब्जियतको समस्या हटेर जान्छ।

–महमा एन्टी ब्याक्टेरियल गुण हुने भएकाले काटिएको, पोलिएको ठाउँमा मह लगाउँदा राहत मिल्छ। 
 

तपाईको कमेन्ट

मुख्य समाचार